News 24 Television
ओली–बालेनबीच दोहोरी, बालेनले सोधे– आतङ्कवादी कहिले स्वीकार्ने ?

काठमाडौँ । पब्लिक डिवेटका लागि तयार भएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रास्वपा वरिष्ठ नेता बालेन शाहले जवाफ फर्काएका छन् । सामाजिक संजालमा भावी प्रधानमन्त्रीका लागि छानिएका नेताहरुबीच देश बनाउने एजेण्डा र रोडम्यापबारे पब्लिक डिबेटको आह्वान गरिएकामा समर्थन जनाउँदै ओलीले आफू बालेन शाह तथा तथा गगन थापासँग सार्वजनिक मञ्चमा बहस गर्न तयार रहेको प्रतिकृया दिएका थिए । केपी ओलीले सामाजिक संजालमै स्टाटस लेखेर देश बनाउने र देश जालाउनेबीच हुन लागेको प्रतिपर्धामा आफू देश बनाउनेको तर्फबाट पब्लिक डिबेटका लागि तयार भएको जनाएका थिए।

सोही स्टाटसमा जवाफ दिँदै बालेनले ओलीले आफूलाई देश जलाउनेको रुपमा स्वीकारेको टिप्पणी गरेका छन् । साथै बालेनले भदौ २३ को जेनजी आन्दोलनमा विद्यार्थीहरुमाथि गोली हानेको आतङ्क डाकछोप गर्न आगजनी गरिएको समेत आरोप लगाएका छन् । बालेनले ओलीमाथि आतङ्कवादी चाही कहिले स्वीकारर्ने भन्दै प्रश्नसमते गरेका छन् । उनले भनेका छन्, ‘तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते जलाएको हो । आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो ?’

बालेनले विद्यार्थीहरुको ज्यान लिनेहरुसँग बहसमा उत्रिनु आफू पनि अपराधि करार हुनु सरह रहेको भन्दै ओली र गगनसँग बहस नगर्ने संकेतसमेत गरेका छन् । उनले भनेका छन, ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ  ।’

ओलीको स्टाटस के थियो ? 

सामाजिक संजाल र केही सरोकारवालाहरुले भावी प्रधानमन्त्रीको रुपमा अघि सारिएका पात्रहरुबीच खुला बहसको माग गरेलगत्तै केपी ओलीले सकारात्मक प्रतिकृया दिएका थिए । शनिबार नै ओलीले आफू पब्लिक डिबेटको लागि तयार भएका ओलीले आईतबार सामाजिक संजालमै स्टाटस लेखर देश  जनाउने र बनाउनेबीच बहस जरुरी रहेको  भन्दै एमाले देश बनाउनेको पक्षबाट बहस गर्न तयार रहेको भनेका थिए । ओलीले लेखेका छन्, ‘नयाँ र पुराना सबै दलहरु अहिले चुनावमा होमिएका छन्। देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा (एमाले) देश बनाउने तर्फबाट मैदानमा छ ।’

ओलीले बालेन लक्षित टिप्पणी गर्दै फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखाइएको उल्लेख गरेका छन् । तर अब   प्रधानमन्त्रीको रुपमा अघि सारिएको पात्रले एजेण्डा, योजना र खाका सार्वजनिक मञ्चमै सुनिनुपर्ने ओलीको भनाइ थियो । ओलीले भनेका छन्, ‘केही नयाँ दलहरु पनि प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेर आएका छन्। देशको नेतृत्व गर्न खोज्ने दलहरुका एजेण्डा के छन् ? देश निर्माणमा यसअघि के काम गरे ? अब गर्ने कामको रोडम्याप, योजना र  खाका के छ ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक छ । यस्तो पब्लिक डिबेटमा आमने सामने उभिएर यसअघि हामीले के–के ग¥यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु ।’ हुनत ओली बालेनलाई यसअघि नै देश जलाउने पापत्रको रुपमा व्याख्या गर्दै आएका पात्र हुन् । 

गगन थापामाथि मतियारको आरोप !

बहसकै सन्दर्भमा बालेनले नेपाली काँग्रेसलाई पनि जेनजी आन्दोलनमा भएको घटनाको मतियारको रुपमा व्याख्या गरेका छन् । अहिलेसम्म प्रमुखतः रास्वपाबाट बालेन, एमालेबाट केपी शर्मा ओली र नेपाली काँग्रेसबाट गगन थापा भावी प्रधानमन्त्रीको रुपमा अघि सरेका छन् । यस्तैमा गगन थापालाई पनि पब्लिक डिबेटका लागि आह्वान गरिएको छ । 

तर बालेनले ओलीँगै अर्का प्रधानमन्त्रीका उम्मेदवार गगनलाई लक्षित गरेर भदौँ २३ र २४ को घटनाको मतियरसँग पनि डिबेट नगर्ने भनेका हुन् । उक्त आन्दोलनका बखत ओली नेतृत्वको सरकार रहँदा नेपाली काँग्रेस सत्ता साझेदार दलको रुपमा थियो । आन्दोलनले विकराल रुप लिइसक्दासमेत काँग्रेसले ओलीलाई दिएको समर्थन फिर्ता लिएको थिएन । यसैलाई लक्षित गरेर बालेनले काँग्रेस र गगनलाई मतियारको संज्ञा दिएका हुन् । बालेनको यो प्रतिकृया अनुसार उनी ओली र गगनसँग डिबेट गर्न असहमत देखिएका छन् । ओलीले जेनजी आन्दोलनको तत्यलाई तोडमोड गरेर वास्तविकताभन्दा फरक भाष्य स्थापित गर्ने आशंकासमेत बोलनमा देखिन्छ । 

 यसअघि, यही माघ ६ गते न्यायाधीश अब्दुर अजीज मुसलमानको एकल इजलासले लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध कसुरको मुद्दा महान्यायाधिवक्ता कार्यालयले संशोधन गरेको गत पुस ३० गतेको निर्णयको सक्कलप्रति झिकाउने आदेश गरेको थियोे ।

प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  २०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update