News 24 Television
काँग्रेस-एमाले गठबन्धन सम्भव छ ? ओलीले खोले ढोका !

काठमाडौँ । काँग्रेस सभापति गगन थापा निर्वाचनअघि गठबन्धन हुने परिपाटीका विरोधी पात्र हुन् । अघिल्लो पटकको आम निर्वाचनमा भएको वाम–लोकतान्त्रिक गठबन्धनप्रति पनि गगनले पार्टीमा चर्को विमत्ति प्रकट गरेका थिए । उनले पार्टीको नीति नै बनाएर निर्वाचन अघि नै गठबन्धनको घोषणा गर्न नपाइने थिति बसाल्नुपर्ने भन्दै नेतृत्वलाई सुझाउँदै आएका थिए । तर अब अहिले भने गगनकै नेतृत्वमा नेपाली काँग्रेस आम निर्वाचनमा होमिदैछ । यो अवस्थामा पनि काँग्रेस–एमालेबीच अघोषित गठबन्धन हुनसक्ने चर्चा चुलिएका छन् । यद्यपि विगतमा विरोध गर्ने गगनले अहिलेको निर्वाचनमा पनि एमालेसँग गठबन्धन गर्लान् ? यो प्रश्न यत्रतत्र छरिएका छन् । हुनत नयाँ राजनीतिक दलहरुमा आएको ह्वीमले एमाले र काँग्रेसलाई मिल्न बाध्यासमेत पारिरहेको छ । नयाँ दलप्रति आएको ह्वीमका कारण काँग्रेस एमालेकै शीर्ष नेताहरुलाई निर्वाचन जित्त सकस पर्दैछ । यसकारण अस्थित्व रक्षाका लागि पनि काँग्रेस एमालेले निर्वाचनमा अघोषित गठबन्धन गर्नसक्ने आशंका बढेको हो ।  

एमालेले गठबन्धनको ढोका खोल्यो !

अहिलेसम्म कुनैपनि दलले खुला रुपमै गठबन्धन गर्ने समझदारी नगरिरहेको अवस्थामा नेकपा एमालेले भने आईतबार प्रगतिशील लोकतान्त्रिक पार्टीसँग चुनवी तालमेल गर्ने सहमति गरेको छ । दुई दलबीच आईतबार भएको सहमतिमा रुकुमपश्चिमका प्रलोपा उम्मेदवार जनार्दन शर्मा र रुकुमपूर्वका उम्मेदवार सन्दीप पुनलाई एमालेले सघाउने र कर्णालीका हुम्ला र जुम्लाबाहेक पुरानो राप्तिका जिल्लाहरुमा एमाले उम्मेदवारलाई प्रलोपाले सघाउने उल्लेख छ । एमालेले मुख्यतः माओवादी केन्द्रभित्र विमत्ति राखेर पार्टी विभाजन गरेका जनार्दन शर्मा र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उठेका प्रलोपा उम्मेदवारलाई सघाउने तथा अन्य जिल्लामा सहयोग लिनेगरी गठबन्धन गरेको हो । यो निर्वाचनमा एक्लाएक्लै लड्ने दलहरुको तयारीबीच एमालेले नै फेरी गठबन्धन गरेर अघि बढ्ने निचोडमा पुगेको देखिन्छ । यो कारणले पनि ऊ कुनै पनि दलसँग गठबन्धन गरेर जानसक्ने सन्देश दिन चाहन्छ । 

हुनसक्छ गगन–ओली गठबन्धन ? 

यदी नेपाली काँग्रेस देउवा नेतृत्वमै रहन्थ्यो भने, आगमी निर्वाचनमा ओली र देउवाले गठबन्धन गरेरै निर्वाचनमा जानसक्ने प्रवल सम्भावना थियो । किनकी तत्कालीन सत्ता सबैभन्दा ठूलो दल काँग्रेस र एमाले मिलेरै संचालन गरिएको थियो । जुन लोकतान्त्रिक पद्धति र अभ्यासको विपरित मानिन्छ । सोहीबेला भएको आन्दोलनको दोषलाई परास्त पार्न पनि ओली–देउवाले यो आम निर्वाचनमा गठबन्धन गर्ने निश्चित थियो । देउवा नेतृत्वमै रहँदा नै भएको निर्णय अनुसार गगन थापाले पनि राष्ट्रियसभामा एमालेसँग गठबन्धन गराएका छन् । एमालेसँगको गठबन्धनकै कारण राष्ट्रियसभामा नेपाली काँग्रेस सबैभन्दा ठूलो दल बनेको छ । यही अवस्थालाई गगनले प्रतिनिधिसभाको निर्वाचनमा पनि नदोहा¥याउँलान भन्ने छैन । किनकी विगतको आफ्नै निर्वाचन क्षेत्रलाई छाडेर गगन यो पटक सर्लाही – ४ मा उम्मेदवारी दिन पुगेका छन् । यो क्षेत्रको जित गगनको प्रतिष्ठासँग पनि जोडिएको छ । 

सर्लाही – ४ रास्वपा र स्वतन्त्रकै गढ रहेको क्षेत्र हो । जुन क्षेत्रमा गगनलाई निर्वाचन जित्न अहिलेको अवस्थासम्म चुनौती नै छ । उता एमाले अध्यक्ष केपी शर्मा ओली पनि बालेन शाहको उम्मेदवारीका कारण झापा – ५ मा रेड जोजनमै छन् । यो कारणले पनि आफ्नो अस्थित्व जोगाउन ओली–गगनले अघोषित रुपमा चुनावी गठबन्धन गर्ने संभावना देखिन्छ । गठबन्धन गर्ने शैलीको विरोध गर्दै आएका गगनले पार्टी आफ्नो नेतृत्वमै आइसक्दा पनि राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गरेकाले आउँदो निर्वाचनमा पनि गठबन्धन नगर्लान् भन्ने अवस्था देखिँदैन । 


 

प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  १९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update