News 24 Television
प्रदेशकै नमूना रंगशालाः पहिलो पटक ‘मेयर गोल्डकप’को आयोजना

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा ५ सय दर्शक क्षमताको सुविधायुक्त र आकर्षक फुटबल रंगशाला निर्माण गरिएको छ । स्थानीय जीवेश्वर युवा क्लबको पहलमा मधेश प्रदेश सरकार, लालबन्दी नगरपालिका, वडा कार्यालय तथा विभिन्न दाताहरूको सहयोगमा रंगशाला तयार पारिएको हो । 

सर्लाहीको नगरपालिका–१, नवलपुरमा मधेश प्रदेशकै नमूनाको रूपमा प्यारापिट सहितको रंगशाला निर्माण गरिएको छ । रंगशालामा ५ सय दर्शक अट्ने प्यारापिट, ड्रेसिङ रुम, प्लेयर बक्स, शौचालय, बाथरुमलगायतका आवश्यक पूर्वाधारको व्यवस्था गरिएको छ । सबै निकायको सहयोग र सहकार्यबाट ओझेल र उपेक्षामा परेको फुटबल मैदानलाई व्यवस्थित रंगशालामा रूपान्तरण गर्न सफल भएपछि क्लबका पदाधिकारी तथा स्थानीय फुटबल प्रेमीहरू उत्साहित भएका छन् । फूटबल खेलले गाउँ नगर र देशलाई विभिन्न फरक–फरक ठाउसँग परिचित बनाउन सकिने एक दृश्य शक्ति हो । 

खेलाडीहरु देशको एक हतियार भएकोले विभिन्न सरकारी निकाय तथा गैरसरकारी निकायले खेल क्षेत्रलाई प्रभावकारी रुपमा व्यवस्थित बनाउन नवलपुरको जीवेश्वर युवा क्लब लागि परेको छ । यही माघ १६ गतेदेखि सर्लाहीको लालबन्दीमा ‘प्रथम लालबन्दी मेयर गोल्डकप २०८२’ समेत आयोजना गरिँदैछ । 

लालबन्दी नगरपालिका–१ नवलपुरस्थित नवलपुर फुटबल रंगशालामा आयोजना हुने ‘प्रथम लालबन्दी मेयर गोल्डकप २०८२’मा मधेश प्रदेशका ८ तथा बाग्मती प्रदेशका २ र कोशी प्रदेशका २ टिम गरी १२ वटा टिमको सहभागिता रहने आयोजक संस्था जीवेश्वर युवा क्लबका अध्यक्ष दिपेन्द्र बुढाथोकीले जानकारी दिए । 

लालबन्दी नगरपालिका मुख्य आयोजक रहेको यस प्रतियोगिताले स्थानीय स्तरका खेलाडीको प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने आयोजकको अपेक्षा छ ।

जिल्लाबाट खेलाडीको उत्पादन र पहिचानका लागि प्रतियोगिता आयोजना गर्न लागिएको जीवेश्वर युवा क्लबले जनाएको छ । २४ लाखभन्दा बढीको लागतमा हुने प्रतियोगिताका लागि लालबन्दी नगरपालिकाले ७ लाख र वडा नं. १ नवलपुरले ५ लाख सहयोग गरेको अध्यक्ष बुढाथोकीले बताए । 

मधेश प्रदेशका  नेपाल खेलकुद क्लव रौतहट, न्यू त्रियुगा स्पोर्टस क्लव सप्तरी, गोलबजार स्पोटर्स क्लव सिराहा, जीवेश्वर यूवा क्लव (आयोजक), धनषा ११ धनुषाधाम, रतनपुर युथ क्लव बारा, वीरगंज युनाइटेड क्लव र गाईघाट युवा क्लब उदयपुर, इनरुवा फुटबल क्लब सुनसरी, भरतपुर फुटबल क्लब चितवन प्रतियोगिताका विजेता टिमलाई नगद ३ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र र उपविजेतालाई नगद १ लाख ५० हजार रुपैयाँसहित ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  ०८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update