ललितपुर । निरवाना म्युजिकल्सको प्रस्तुति तथा ठेचो देयको आयोजनामा सम्पन्न ‘निरवाना म्युजिकल्स दोस्रो ठेचो डे कप २०८३ | "४० वर्षमाथिको भेट्रान्स ७ ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि सरस्वती युवा क्लबले जितेको छ।
प्रतियोगिताको फाइनल खेलमा सरस्वती युवा क्लबले आयोजक ठेचो डेलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। राउन्ड रोबिन लिग प्रणालीमा सञ्चालन भएको प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष दुई टोली फाइनलमा प्रवेश गरेका थिए।
उपाधि विजेता सरस्वती युवा क्लबले नगद रु. ३५ हजार, ट्रफी तथा मेडल प्राप्त गरेको छ भने उपविजेता ठेचो डेले नगद रु. २० हजारसहित मेडल प्राप्त गरेको छ।
फाइनल खेलमा सरस्वती युवा क्लबका किरण महर्जन ‘म्यान अफ द म्याच’ घोषित भए।

विधागत पुरस्कार विजेताहरू
* उत्कृष्ट डिफेन्डर: रमेश महर्जन (ध्रुव स्टार क्लब)
* उत्कृष्ट गोलकिपर: विजय रायमाझी (सरस्वती युवा क्लब)
* उत्कृष्ट प्रशिक्षक: सुराेज महर्जन (सरस्वती युवा क्लब)
* प्रतियोगिताको उत्कृष्ट खेलाडी: अनिल महर्जन (सरस्वती युवा क्लब)
* उत्कृष्ट टोली: ध्रुव स्टार क्लब
* वरिष्ठ भेट्रान खेलाडी: धनगोविन्द महर्जन (ध्रुव स्टार क्लब)
* सर्वाधिक गोलकर्ता: सनम महर्जन (सरस्वती युवा क्लब) र सोबिन्द्र महर्जन (तेचो डे)
प्रतियोगिताले भेट्रान्स खेलाडीहरूबीच खेलकुद भावना, आपसी सद्भाव र भाइचाराको विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकको विश्वास छ।



