काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राजनीतिक रुपमा घेराबन्दीमा परेको छ । निर्वाचनको सम्मुखमा सबैजसो पुराना दलहरुले रास्वपालााई सिद्धान्त र विचारविहीन भन्दै टिप्पणी गरिरहरहेका छन् । विगतमा ठूला दलहरुले रास्वपामाथि सिन्द्धान्तविहीनताको आरोप लगाएपनि पछिल्लो समय साना दलले पनि रास्वपामाथि सिद्धान्तविहीनताको आरोप लगाउन थालेका छन् । नेकपा माओवादी महासचिव नेत्रविक्रम चन्दले पनि रास्वपामाथि सिद्धान्तविहीनताको आरोप लगाए । विप्लवले रास्वपामाथि विचार केही नभइ, व्यक्ति भए हुन्छ भनेर पुँजीवाद संस्कार अंगिकार गरेको आरोप लगाएका छन् ।
रास्वपा आगामी निर्वाचनपछि बहुमतका साथ सरकार बनाउने राणनीतिमा छ । रास्वपाले निर्वाचनमा पार्टीको एजेण्डा सार्वजनिक गरिनसकेपनि उसले देशव्यापाी रुपमा चुनावी अभियान र सभा गरिरहेको छ । यस्तोमा रास्वपाप्रति देशव्यापाी लहर नै चलेको छ । तर यो माहोलपछि त पुराना र ठूला दलहरु नै रास्वपाको घोर विरोधमा उत्रिएका छन् ।
काँग्रेस, एमाले र नेकपा के भन्छन् ?
नेपाली काँग्रेसका सभापति गगन थापाले रास्वपा लक्षित टिप्पणी गर्दै उनीहरु निर्वाचन जित्ने प्रायोजनका लागि मात्रै आएको दावी गरेका छन् । यस्तोमा उनले प्रश्न गरेका छन् ‘नयाँको परिभाषा चुनाव जित्नु मात्रै हो ?’
उता एमालेले पनि विगतदेखि नै रास्वपाको विरोध र आलोचना गर्दै आएको दल हो । उसले पनि रास्वपालाई सिद्धान्तविहीनताको आरोप लगाउँदै आएको छ । ओली यतिमा मात्रै रोकिएका छैनन्, उनले रास्वपालाई अराजकता र विध्वशंकर्ताको समेत अरोप लगाइरहेका छन् । यो अवस्थामा आगामी निर्वाचनमा रास्वपासँग प्रतिस्पर्धा नै नहुने ओलीको दावी छ ।
त्यस्तै नेकपा संयोजक प्रचण्डसमेत रास्वमाप्रति निर्मम पेश भइरहेका छन् । विगतमा सद्भाव प्रकट गरिरहेपनि पछिल्लो समय भने प्रचण्डपनि रास्वपालाई सिद्धान्तविहीनताको आरोप लगाउन थालेका हुन् ।
सबैजसो दलहरुको यो अभिव्यक्तिहरुले रास्वपालाई आगामी निर्वाचनमा पुरापुर घेराबन्दी गर्ने देखिन्छ । यद्यपि पुराना दलहहरुप्रति रास्वपाले अझैसम्म काउन्टर जवाफ फर्काएको छैन । दलहरुको तैयारी र अभिव्यक्ति हेर्दा आगामी निर्वाचन समग्रमा सबै दल भर्सेस् रास्वपा नै हुने पक्का छ ।
