News 24 Television
कमजोर बन्दै एमाले, गठबन्धनका लागि हात फैलाउँदै ओली !

काठमाडौँ । नेकपा एमाले आगामी निर्वाचनको माहोल र नयाँहरुको दवदवाका कारण मनोवैज्ञानिक दवावमा परेको छ । मुख्यतः एमाले नेतृत्वकै सरकार रहँदा जेनजी आन्दोलन भयो । र, यसलगत्तै हुन लागेको निर्वाचनमा पनि जनमत घट्ने त्रासका कारण एमाले मनोवैज्ञानिक दवावमा परेको देखिन्छ । देशव्यापी रुपमा नयाँ दलप्रतिको आकर्षण बढेको छ भने, मतदाताहरु पनि  अब मत परिवर्तन गर्नतर्फ नै केन्द्रीत देखिन्छन् । जसले एमालेमाथि अफ्ठ्यारो सृजाएको हो । 

नेकपा एमाले विगतमा सांगठानीक रुपमा बलियो रहेको पार्टीको हो । तर झापमा – ५ मा एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीविरुद्ध रास्वपा वरिष्ठ नेता बालेन शाह चुनावी प्रतिस्पर्धामा छन् । यस्तैगरी देशभरका मतदातामा देखिएको रास्वपाप्रतिको उत्साहले पनि एमाले र ओललाई बालेन भारी पर्दै गएको देखाएको छ । 

त्यस्तै एमाले भने निर्वाचनमा गठबन्धन र तालमेलका लागि अन्य दलहरुसँग आह्वान गरिरहेको छ । तरपनि अहिलेसम्म प्रगतिशील लोकतान्त्रिक पार्टीबाहेकका दलले ओलीसँग तालमेल गर्न तत्परता देखाएका छैनन् । 

नेकपा एमालेले हरसभव सबै दलहरुसँग गठबन्धन वा तालमेलको लागि भित्रि रुपमै छलफल गरिरहेको छ । यद्यपि काँग्रेसले भने कुनै दलसँग तालमेल नगर्ने निश्कर्ष दिएको छ । अर्कोतर्फ नेकपाले पनि अहिलेको स्स्थितिमा कुनै दलसँग गठबन्धन नगर्ने भनेर स्पष्ट पारेको छ । 

ओलीलाई भारी पर्दै बालेन !

केपी शर्मा ओलीले फेसबुक पोष्टमार्फ पब्लिक डिबेटको लागि तयार भएको उद्घोष गरेपछि सोही पोष्टमा गएर बालेन शाहले २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते देश जलाएको भन्दै उल्टै प्रत्यारोप लगाएपछि ओलीमाथि बालेन भारी परेका छन् । बालेनको प्रतिआरोप पछि मात्रै पनि ओलीले विभिन्न चरणमा आफूले भदौ २३ मा गोली चलाउन आदेश नै नदिएको भनेर प्रष्टिकरण दिएका छन् । 

ओलीले सबैभन्दा पहिले भिडियो सन्देश नै जारी गरेर आफुले गोली चलाउन आदेश नदिएको प्रष्ट पार्न खोजेका थिए । यसपछि ओलीले आफूमाथिको आरोपलाई मत्थर पार्नकै लागि देशभरका कार्यकर्तालाई भ्रम चिरौँ भन्दै एक पत्र शन्देश नै जारी गरेका थिए । जुन पत्र सँगै ओलीले भदौ २३ गतेको घटनाबारे गलत प्रचार फैलाइरहेको भनेर भ्रम चिर्न आग्रह गरे । उनी अझै पनि हरेकजसो ठाउँमा यही विषयलाई दोहो¥याइरहेका देखिन्छन् । जसले पनि उनी अतालिएको विश्लेषण भइरहेका छन् । 

रास्वपाप्रति आएको देशव्यापी लहरले ओलीमा अत्यास नै देखिन्छ । ओलीलाई अहिले निर्वाचनको एजेण्डा र चुनावी तयारीभन्दा पनि आफूमाथि लाग्दै आएको आरोपको खण्डनलाई नै प्राथमिकता दिइरहेका छन् । 

ओलीले अन्य दलहरुसँग गठबन्धनका लागि गरेको प्रस्ताव अस्वीकृत हुँदा थप चिन्ता र पीडामा देखिएका छन् । जेनजी आन्दोलनपछिको परिस्थितिले ओलीलाई राजनीतिक र मनावैज्ञानिक रुपले मकजोर तुल्याएको छ ।  यही अवस्थामा हुन लागेको निर्वाचनमा एमालेप्रति जनताको अभिमत कस्तो प्रकट होला ? यो भने निर्वाचन परिणामले नै देखाउनेछ । 
 

प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  २०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update