News 24 Television
गरम बन्दै झापा– ५, एमाले नेता र मतदाताबीच नोकझोँक !

काठमाडौँ । आगामी फागुन २१ को निर्वाचन नजिकिँदै जाँदा झापा – ५ को माहोल अझै गर्माएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन शाहको प्रमुख प्रतिस्पर्धा रहने यो क्षेलाई धेरैले चासोको रुपमा हेरिरहँदा दुवै पक्ष अहिले मतदाताको मन जित्ने होडमा छन् । कुनै पनि प्रतिस्पर्धामा नडगमगाउने केपी शर्मा ओली पनि यो पटक भने आफ्नो निर्वाचन क्षेत्रमा सुक्ष्म तवरले मतदाता आकर्षित गर्न लागि परिरहेका छन् । यो क्रममा ओलीले विगतकैजस्तो मतदाता आकर्षित गर्न घरघरमा ग्यास पु¥याउने आश्वशन बाँडिरहेका देखिन्छ । 

बालेन शाह पनि मनोनयनयता पटक पटक झापा पुगिसके । उनले पनि झापामा पुगेर मतदातालाई आकर्षित गर्ने प्रयास गरेका छनन् । बालेन सुकुम्बासी समस्यको सवालमा उठेका प्रश्नको जवाफ दिँदै आफ्नो धारणा स्पष्ट पार्ने कोसिसमा देखिएका थिए । 

पछिल्लो पटक झापा पुगेर बालेन अहिले मधेश प्रदेशतर्फ फर्किएका छन । उता एमाले अध्यक्ष केपी शर्मा ओली भने अझै केही दिन निर्वाचन क्षेत्रमै रहने जनाइएको छ । यो आधारले पनि ओली आउँदो निर्वाचन सहज नहुने ठम्याइमा रहेको बुझ्न सकिन्छ । बालेनको चुनौतीले ओलीमा हारिन सक्ने त्रासले ढेरा जमाएको स्पष्ट देखिन्छ । पछिल्लो समय मतदातामा आएको चेतना र मत परिवर्तनकै कारण ६ पटक संसदीय निर्वाचन जितेका र पटक–पटक प्रधानमन्त्री भइसकेका ओली अहिले कार्यकर्ताहरुबाटै प्रश्नले घेरिरहेका छन् । 

एमाले नेता र मतदाताबीच नोकझोक !

मंगलबार साँझदेखि सामाजिक संजालमा केपी शर्मा ओली मतदाताको प्रश्नबाटै ¥याख¥याख्ती भएको भएको भिडियोहरु सार्वजनिक भइरहेका छन् । जहाँ एक मतदाताले तीन पटक प्रधानमन्त्री भइसक्दा पनि सुकुम्बासी समस्याको हल गर्न नसकेको भनेर प्रश्न गर्छन् । यसपछि एमाले नेता र मतदाताबीच नोकझोककै स्थिति बनेको दृष्यमा देख्न सकिन्छ । ती मतदाता सुरुमा ओलीमाथि आक्रोश प्रकट गर्दै प्रश्न गर्छन्, ‘तीन–तीन पटक प्रधानमन्त्री हुनुभयो । धनीपूर्जा, नक्सा दिलाउन सक्नुभएन अब सक्नुहुन्छ? ओलीले जवाफ दिन्छन्, ‘सुरु भएको छ कि छैन ? 

त्यसपछि मतदाताले फेरि प्रतिजवाफ फर्काउँछन् ‘सुरु भएर हुन्छ ? नक्सा पाउनुप¥यो, धनीपूर्जा पाउनुप¥यो कम्तिमा पनि हामीले पनि बैंकमा राखेर खुसीले खान पाउँनुप¥यो।’ ओलीले थप प्रकृया भइरहेको भन्दै अब केही समय पर्खिन आग्रह गर्छन्। तर फेरी मतदाता ओलीमाथि प्रतिजवाफ फर्काउँदै भन्छन्, ‘तपाईँ तीन–तीन पाटक प्रधानमन्त्री भइन्जेल पर्खियौँ अझै कति पर्खिने ? मतदाताको यो सवालजवाफले ओलीलाई नै असहज पारेको देखिन्छ । 

यसपछि एमालेकै एक नेता को–कस्लाई धनीपूर्जा र नक्सा चाहियो मकहाँ आउने भन्दै मतदातामाथि हप्कीदप्कीमा उत्रिन्छन् । 

जो मतदातामाथि हप्कीदप्की गर्नेव्यक्ति एमालेकै स्थानीय नेता तथा गौरादह नगरपालिका – ४ का वडा सदस्य भएको पाइएको छ । झापामा मात्रै होइन, सुकुम्बासी समस्या मुलुकभरीको समस्या हो । सुकुम्बासीको समस्यालाई ओलीका प्रमुख प्रतिस्पर्धी बालेन शाहले पनि चुनवी एजेण्डा बनाएका छन् । 

नेताहरुले विगतका निर्वाचनमा पनि सुकुम्बासीलाई सँधै भोट बैंकको रुपमा प्रयोग गर्दै आए । तर चुनाव जितेपछि सुकुम्बासी समस्याको यथोचित हल गर्न उनीहरु गम्भीर नबनेको आरोप लागिरहेको छ । जग्गाको असन्तुलित वितरण तथा सुकुम्बासी पहिचानमा दलिय प्रभाव रहँदा अझैसम्म वास्तविक सुकुम्बासीहरुले न्याय पाउन सकेका देखिँदैनन् । यसपटक झापा – ५ का मतदाता यस्तै विषयहरु उठाएर पुराना दल र प्रतिनिधिहरुलाई अविश्वास प्रकट गरिरहेका छन्् । यस्तैमा एमाले अध्यक्ष केपी शर्मा ओली पनि यही घानमा पर्ने खतरा बढेको छ । 
 

प्रकाशित मिति: बुधबार, माघ २८, २०८२  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update