काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा मतदाता आर्कर्षित गर्र्ने रणनीतिक कदमतर्फ केन्द्रीत भएको छ । पछिल्लो समय सुदुर पश्चिम र कर्णाली प्रदेश केन्द्रीत चुनावी अभियानमा रहेको रास्वपाले जनभावना र आधारभूत आवश्यकतालाई नै केन्द्रमा राखेर चुनावी अभियान गरिरहेको छ । रास्वपाले मुख्यतः स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधारको विकासलाई प्रमुख प्राथमिकतामा राखेको देखिन्छ ।
रास्वपाले समग्रमा आधारभूत आवश्यकताहरु र छरित्तो सेवा प्रवाह केन्द्रीत राजनीति एजेण्डा प्रस्तुत गरिरहेको छ । यसका लागि केन्द्रदेखि तल्लो तहसम्म नै प्रशासनिक सुधारको आवश्यकता रहेको रास्वपाको बुझाइ छ ।
सटिक र संक्षिप्त सम्बोधनको अवधारणा
रास्वपाले लामो सम्बोधन र भद्धा कार्यक्रमहरुको परिपार्टीलाई पनि अन्त्य गरेको छ । पुराना राजनीतिक दलहरुले विगतमा ठूला सभा गरेर लामो सम्बोधन गर्दै आएका छन् । तर रास्वपाले भने पछिल्ला सबै कार्यक्रमहरुमा छोटो सम्बोधन र सटिक एजेण्डा प्रस्तुतीलाई प्राथमिकता दिएको छ । बुधबार धनगढीको कार्यक्रममा पनि सभापति रवि र वरिष्ठ नेता बालेन शाहले सटिक र संक्षित सम्बोधन गरे । रास्वपाले आरम्भ गरेको यो परिपाटीलाई राजनीति वृत्तमै सकारात्मक संकेतको रुपमा लिइएको छ ।
बहुमतको आत्मविश्वास !
नेताद्वय रवि र बालेनको सम्बोधनमा निर्वाचमा एकल बहुमत वा रास्वपाले सरकारको नेतृत्व गर्नसक्नेगरी मत परिणाम आउने आत्मविश्वास प्रकट भइरहेका छन् । किनकी रवि बालेन दुवैले सम्बोधनमा मतदानको आग्रहभन्दा पनि कामको माग गरिरहेका छन् । नत्र निर्वाचनमै विजयी प्राप्त नभइ कसरी काम गर्ने ? यो प्रश्न रास्वपामाथि स्वभाविक रुपमै उठ्छन् । तर रवि बालेनको मतभन्दा पनि काम माग्नुको अर्थ आगामी निर्वाचनमा रास्वपालाई कुनै हालतम बहुमत प्राप्त हुन्छ भन्ने आत्मविश्वास हो ।
यो निर्वाचनमा ठूला दलहरुविरुद्ध रास्वपा नै भारी बन्ने आंकलन गरिँदै आएको छ । मतदाताको अहिलेसम्मको उत्साहले पनि यही अनुमानलाई बल पु¥याउँछ । तर निर्वाचनको अन्तिम मिति सम्मको अवस्था र मत परिणामबारे भने अहिले नै मूल्याङ्कन गर्न हतारो हुनेछ ।
