News 24 Television
रास्वपा भर्सेस् काँग्रेस : अझै रोकिएन रवि- गगन द्वन्द्व !

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काँग्रेस सभापति गगन थापा नेपाली राजनीतिका दुई कठोर प्रतिस्पर्धी पात्र । अघिल्लो संसदमा सहकारी ठगी मुद्धाको बहसमा गगनले रविमाथि लगाएको आरोप नै दुई नेताहरुबीचको कठोर प्रतिस्पर्धा र संघर्षकाको कारक बन्यो । 

सहकारी ठगीको मुद्धा चर्किँदैजाँदा गगन थापाले रवि लामिछानेले सहकारीको रकम लिनका लागि निवेदन नै दिएको प्रमाण आफूसँग रहेको भनेपछि गगन र रविबीचको  टसल उत्कर्षमा पुगेको थियो । आफूविरुद्धको प्रमाण नै पेश गर्ने भनेपछि रविले त्यो बेला यदी ठोस प्रमाण दिनसके आफूले राजनीति छाड्ने र नसके गगनले राजनीति छाड्नुपर्ने भनेर शर्त पेश गरेका थिए । जुन चुनौतीलाई गगनले पनि स्वीकार गरेर प्रमाण पेश गर्न नसके आफू राजनीति छाड्न तयार रहेको भनेका थिए । तर अहिलेसम्म यो मुद्धाबाट न रविले छुटकारा नै पाइसकेका छन्, नत गगनले नै प्रमाण पेश गर्न सकेका छन् । यो मुद्धा अझै किनारा नहुँदा गगन रविको टसल समाप्त भएको छैन । 

रकम अपचलनको दवी कायमै !

रविले सहकारीको रकम अपचलन गरेको दावीमा गगनको अडान अझै कायमै छ । यही मुद्धामा रवि पटक–पटक पक्राउ परे । विभिन्न शर्तमा छुटे । तर अझैसम्म सहकारी ठगी मुद्धाको पूर्ण फैसला आउन सकेको छैन । तर गगनले भने रविले सहकारी ठगी गरेको विषय अदालतका केही फैसला र अनुसन्धानहरुले नै देखाइरहेको दावी गरेका छन् । 

निर्वाचनकै सम्मुखमा आएको यस्तो दावी र जिकिरले राजनीतिमा फेरि रवि र गगनबीच गहिरो वाकयुद्ध सृजाउने पक्का छ । पछिल्ला केही परिदृष्यले विगतदेखि नै सहकारी मुद्धा तथा स्थापित राजनीतिको लागि प्रतिस्पर्धा गरिरहेका गगन र रविबीचको टसल नयाँ चरणमा प्रवेश गर्न लागेको संकेतसमेत गरेको छ ।    

रास्वपाविरुद्ध एक्लै गगन !

गगन थापा निर्वाचनसम्मुखमा पार्टीमा पनि विद्रोह गरेर काँग्रेस नेतृत्वमा स्थापित हुने चरणमा छन् । यो बेला उनलाई अग्रज नेताहरुबाट पनि उचित समर्थन प्राप्त भइरहेको छैन । यस्तैमा गगनलाई अन्य प्रतिस्पर्धी दलहरुको चुनौती पनि उत्तिकै बढेको छ । यद्यपि गगन विभिन्न तवरले त्यसविरुद्ध एक्लै लडिरेहका छन् । यस्तैमा गगनले रास्वपाकै नेतृत्वदेखि पार्टीका अन्य नेताहरुको अभिव्यक्तिमासमेत जवाफ फर्काइरहेका छन् । 

यही साता धनगढीको सभामा आयोजित कार्यक्रममा बालेनले विकासको अवरोध गर्ने जो कोहीलाई पन्छ्याएर अघि बढ्नुपर्ने आशायसहित दिएको अभिव्यक्ति दिएका थिए । तर गगनले यही अभिव्यक्तिमा टिप्पणी गर्दै कसैलाई बल प्रयोग गरेर विकास नहुने, त्यसको साटो कानूनी पाटोलाई बलियो बनाउनेपर्ने भनेर जवाफ दिएका हुन् । बालेनको अभिव्यक्तिमा गगनले गरेको टिप्पणीले पनि गगन र रास्वपाबीचको टकरावलाई अझै दर्शाइरहेको प्रष्ट छ । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  २०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update