News 24 Television
सामसङ नेपालद्वारा बाढी प्रभावित क्षेत्रका लागि विशेष मर्मत सेवा अभियान घोषणा

काठमाडौँ । सामसङ नेपालले हालै देशका विभिन्न भागमा गएको भीषण बाढीबाट प्रभावित परिवारहरूलाई राहत पुर्याउने उद्देश्यले विशेष मर्मत सेवा अभियानको घोषणा गरेको छ। बाढीपीडितहरूलाई सामान्य जीवनमा फर्कन सहयोग गर्न र मर्मत तथा नयाँ सामान फेर्दा हुने आर्थिक भार कम गर्न यो अभियान ल्याइएको हो।

यो सेवा नेपाल सरकारले विपद् संकटग्रस्त घोषणा गरेका १५ वटा स्थानीय तहका बाढी प्रभावित क्षेत्र तथा वरपरका जिल्लाहरू (जस्तै: रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा र तनहुँ) का बासिन्दाहरूका लागि लक्षित गरिएको छ। यस अभियानअन्तर्गत सामसङका स्मार्टफोन, ट्याब्लेट लगायत फ्रिज, वासिङ मेसिन र टेलिभिजन जस्ता घरायसी सामानहरूमा विशेष छुट तथा मर्मत सुविधा प्रदान गरिनेछ। घरायसी सामानहरूको लागि घरमै पुगेर सेवा दिने (on-site visit) व्यवस्था समेत मिलाइएको छ।

अभियानअन्तर्गत वारेन्टी बाँकी रहेका उपकरणहरूमा शतप्रतिशत र पुराना सामानहरूमा उमेर अनुसार ७० प्रतिशतसम्म मर्मत तथा नयाँ फेर्नका लागि छुटको व्यवस्था गरिएको छ। यदि मर्मत खर्च बजार मूल्यको ८० प्रतिशतभन्दा बढी हुन आएमा नयाँ सामान उपलब्ध गराउने विषयमा समेत विचार गरिनेछ।

अक्टोबर २, २०२६ देखि नोभेम्बर २, २०२६ सम्म सञ्चालन हुने यो विशेष सेवा नारायणघाट सर्भिस सेन्टर र पाको ताम्राकारस्थित सर्भिस सेन्टरमार्फत उपलब्ध भइरहेको छ। प्रभावित क्षेत्रका ग्राहकले आफ्ना उपकरणहरू तोकिएका केन्द्रहरूमा लगेर सहज रूपमा मर्मत सेवा लिन सक्नेछन्।

Samsung-Care-For-Nepal-2026-1791817690.jpeg
 

प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  २०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update