News 24 Television
युएईमा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई प्रतिष्ठित सम्मान

काठमाडौँ । नेपालका लागि टीभीएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित ताज रिसोर्टमा सम्पन्न टीभीएस मोटरको 'आफ्टर-सेल्स सम्मेलन'मा दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ।

'बियोन्ड बोर्डर्स' (Beyond Borders) शीर्षकमा आयोजित उक्त सम्मेलनमा विभिन्न देशका वितरकहरूको सहभागिता रहेको थियो। सम्मेलनमा जगदम्बा मोटर्सलाई ‘ओभरअल सर्भिस बेस्ट पर्फर्मेन्स’ (Overall Service Best Performance) र ‘बेस्ट म्यानुफ्याक्चरिङ युनिट–एसिया’ (Best Manufacturing Unit–Asia) अवार्डबाट सम्मानित गरिएको हो।

यो सम्मानले जगदम्बा मोटर्सको वर्कसप, दक्ष प्राविधिक, वास्तविक स्पेयर पार्ट्सको उपलब्धता र ग्राहक सेवाको स्तर अन्तर्राष्ट्रिय मापदण्डअनुसार उत्कृष्ट रहेको प्रमाणित गरेको छ। कम्पनीका अनुसार यो उपलब्धिले नेपाली टीभीएस प्रयोगकर्ताहरूले आफ्नै देशमा विश्वस्तरीय सेवा पाइरहेको पुष्टि गर्दछ।

अवार्डबारे खुसी व्यक्त गर्दै जगदम्बा मोटर्सकी निर्देशक दीपा अग्रवालले यो सम्मान वर्षौँदेखि विश्वास गर्दै आएका ग्राहकहरू र उनीहरूलाई उत्कृष्ट सेवा दिन खटिने सेवा टोलीको समर्पणको फल भएको बताउनुभयो। शंकर ग्रुपको एक हिस्साका रूपमा रहेको जगदम्बा मोटर्सले देशभर फैलिएको आफ्नो सञ्जालमार्फत आगामी दिनमा पनि अझ प्रभावकारी र गुणस्तरीय ग्राहक सेवा निरन्तर प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति: मंगलबार, असोज २७, २०८३  १९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update