काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत तीन जना भाग्यशाली उपभोक्ताले आकर्षक पुरस्कार जितेका छन् । वनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले यामाहा एफ जेड एफ आई मोटरसाइकल जितेका छन् भने सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन् ।
म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका तीनैजना विजेताले दशैंको समयमा अप्रत्याशित रूपमा आकर्षक उपहार जित्ने अवसर पाएका हुन् । क्यान खोल्दा नै पुरस्कार जित्न पाउँदा उनीहरूको चाडपर्वमा खुसी थपिएको छ ।
पुरस्कार जित्दाको अनुभव सुनाउँदै धादिङको गल्छीका विजेता संजोग रिमालले भने, ‘क्यान खोल्दा यस्तो ठूलो सरप्राइज पाइएला भन्ने सोचेकै थिइनँ । पुरस्कार जितेको थाहा पाउँदा एकछिन विश्वासै लागेन । यसपालिको दशैं म्याक्स टाइगरले साँच्चिकै विशेष बनाइदियो ।’
म्याक्स टाइगरले ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित विशेष कार्यक्रममार्फत ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियान सार्वजनिक गरेको थियो । अभियानअन्तर्गत १८ जना भाग्यशाली उपभोक्ताले यामाहा एफ जेड एफ आई मोटरसाइकल, १८ जनाले यामाहा रे जेडआर स्कुटर र एक जनाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जित्ने अवसर पाउनेछन् ।
अभियानअन्तर्गत सुरुवाती चरणमै तीन फरक स्थानका उपभोक्ता विजेता बनेपछि चाडपर्वको उत्साह थप बढेको कम्पनीले जनाएको छ । दशैंको अवसरमा उपभोक्तालाई पेय पदार्थसँगै खुसी, रोमाञ्च र अविस्मरणीय अनुभव प्रदान गर्ने उद्देश्यले ल्याइएको यस अभियानले आगामी दिनमा अझ धेरै उपभोक्ताको दशैं विशेष बनाउने अपेक्षा गरिएको छ ।
‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियान अझै जारी रहेकाले पुरस्कार जित्ने अवसर बाँकी नै छ । म्याक्स टाइगरको प्रत्येक क्यानसँग जोडिएको सरप्राइजले उपभोक्तामा थप उत्सुकता जगाएको छ । यो दशैंमा म्याक्स टाइगरको क्यान खोल्दा स्वाद र ऊर्जासँगै ‘के थाहा, अर्को पुरस्कार आफ्नै नाममा पो छ कि’ भन्ने उत्सुकता पनि थपिरहेको छ ।


