News 24 Television

काठमाडौं । इन्साइडर ट्रेडिङमा संलग्न भई नेपाल धितोपत्रबोर्डबाट कारबाही भएका गुरु प्रसाद न्यौपानेबिरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान प्रभावकारी बनाउँदै अदालतमा पुगेपनि यस्तै प्रकृतिको ज्ञानेन्द्रलाल प्रधानको मुद्दामा भने विभाग उदार देखिएको छ । 

न्यौपानेको मुद्दा अदालतमा पुगेर फैसला भइसक्दा पनि प्रधानको मुद्दामा भने विभागले प्रभावकारी ढंङ्गबाट अनुसन्धान समेत गर्न सकेको छैन ।

नेपाल धितोपत्र बोर्डले २०७९ पुस २४ गते गुरुप्रसाद न्यौपाने र २०७९ चैत्र १९ गते तत्कालिन हाइड्र«ो डेभलपर लिमिटेडका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानमाथि गरेको कार्वाहीको व्यहोरा हेरौं, यसमा प्रष्टसँगै न्यौपानेले रिडी पावर कम्पनी लिमिटेडका अध्यक्ष हुदाँ धितोपत्र सम्बन्धी ऐन बिरुद्ध हुनेगरी सेयर कारोवार गरेको र नेपाल हाइड्रो डेभलपर लिमिटेडको अध्यक्ष हुदाँ प्रधानले छोरा चेतन प्रधान र छोरी निभिता प्रधानका नाममा कानून विपरित हस्तान्तरण गरी उक्त शेयरको कारोवार धितोपत्र बजारमा गरेको देखिएकाले दुवै जनालाई धितोपत्र ऐन, २०६३ को दफा १०१ को उपदफा ७ बमोजिम पचहत्तर हजार रुपैयाँ जरिवाना गरिएको कुरा उल्लेख गरिएको छ । 

धितोपत्र ऐन अनुसार नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीको सञ्चालक वा व्यवस्थापनमा रहेका बेला वा पदबाट हटेको १ वर्षसम्म आफ्नो वा आफ्नो परिवार र आफू संलग्न कम्पनीमार्फत त्यस्तो कम्पनीको सेयर खरिदबिक्री गर्न नपाइने व्यवस्था छ । यदी गरिए यस्तो कामलाई इन्साइडर टे«डिङ मानिएको छ । 

न्यौपाने र प्रधानले गरेको शेयर कारोवार पनि गैरकानूनी भएको निकर्षमा पुग्दै धितोपत्र बोर्डले कानूनमा टेकेर उनीहरुलाई कारबाही गरेको हो । 

न्यौपाने र प्रधानले जस्तो जोकोहीले पनि यस्तो कारोबार गरेको पाइए प्रेडिक्ट अफेन्स अपराधको रुपमा लिईंदै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन गर्ने गर्दछ । 

न्यौपानेलाई के कारबाही ? 

धितोपत्र बोर्डको कार्वाहीमा परेका गुरुप्रसाद न्यौपानेमाथि सम्पत्ति शुद्धिकरण विभागले छानबिन गरि बिशेष अदालतमा २०८० कात्तिक २३ गते इन्साइडर टे«डिङमार्फत् सम्पत्ति शुद्धिकरण सम्बन्धि कसुरमा मुद्दा दर्ता गर्याे र न्यौपानेको कसुर ठह¥याउँदै अदालतले विगो र जरिमाना सहित ३ करोड ९८ लाख २० हजार ५ सय ४ रुपैयाँ हुने ठहर गर्याे । त्यस्तै उनको थप १ करोड ९९ लाख १० हजार २ सय ५२ रुपैयाँ बराबरको सम्पत्ति जफत सहित १ बर्ष कैद सजायँ हुने फैसला सुनायो । 

ज्ञानेन्द्रलाललाई उन्मुक्ति 

तर यहि कसूरमा धितोपत्र बोर्डबाट कार्वाही भोगेका ज्ञानेन्द्रलाल प्रधानमाथि भने सम्पत्ति शुद्धीकरण विभाग उदार रहँदै आएको छ । 

उही प्रकृतिको कसुरमा न्यौपानेलाई जरिवानासहितको कारबाही हुँदा पनि प्रधानविरुद्ध भने विभाग चुइक्क बोलेको छैन । 

प्रधानप्रतिको सम्पत्ति शुद्धीकरणले देखाएको उदारताका कारण विभागको कार्यसम्पादन माथि नै प्रश्न उठेको छ । यस्ता घटनाहरुले शेयर बजारमा प्रत्यक्ष असर पुग्ने भएकाले छानबिन दरिलोसंग हुनु पर्ने विज्ञहरु बताउँछन् । एकै किशिमको मुद्दामा धितोपत्र बोर्डको कारबाहीमा परेका २ व्यक्तिमध्ये न्यौपानेमाथि मुद्दा दर्ता भई कारबाही हुँदा समेत प्रधानको मुद्दा अदालतसम्म पुग्न सकेको छैन । 

धितोपत्र बोर्डबाट प्रधान कारबाहीमा परेको एक वर्षभन्दा बढि भइसकेको छ । तर प्रधानको हकमा भने सम्पत्ति शुद्धीकरण विभाग अहिलेसम्म मौन रहनुलाई शंकास्पद मानिएको छ । 

यस बिषयमा विभागको धारण बुझ्न पटक–पटक सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक पुष्पराज शाहीलाई टेलिफोन सम्पर्क गर्दा पनि उनको फोन उठेन । 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ०६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update