News 24 Television
राइटपाथले जेठ ६ गते तुल्सीपुरमा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ गर्ने

काठमाडौं । शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले जेठ ६  गते दाङ   तुल्सीपुरमा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ गर्ने भएको छ । 

काठमाडौं, धनकुटामा, हेटौडा, चितवन, बुटवलमा भव्यरूपमा सम्पन्न गरिसकिएको राइटपाथले जेठ ६ गते ‘ग्रान्ड एजुकेसन कन्क्लेभ – २०२४’ आयोजना गर्ने भएको हो ।

राइटपाथले अमेरिका, युरोप, अस्ट्रेलिया क्यानडा डेनमार्क बेलायत लगायतका देशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीका लागि परामर्श तथा प्रक्रियामा सहजीकरण गर्दै आइरहेको छ । 

जेठ ६ गते तुल्सीपुर ग लाइन नबिल बैंक रहेको बिल्डिङको   तेस्रो तलामा रहेको राइटपाथको अफिसमा कन्क्लेभ हुनेछ । 

कन्क्लेभमा ४ सयदेखि ५ सयसम्म विद्यार्थी तथा अभिभावकलाई कन्क्लेभ परामर्श सेवा प्रदान गर्ने लक्ष्य रहेको  राइटपाथ दाङका सञ्चालक मेघराज वलीले जानकारी दिए ।

उनकाअनुसार १२ कक्षाको वार्षिक परीक्षा दिएर बसेका उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी र अभिभावकलाई लक्षित गरेर राइटपाथले देशव्यापी दौडाहाको स्वरुपमा कन्क्लेभको आयोजना गरिएको हो ।

कन्क्लेभमा एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत अफर रहने छ भने फ्रि मुभी टिकेट र आकर्षक गिफ्ट ह्याम्फरको पनि व्यवस्था छ । 

यसैगरी यूएस लक्षित २५ हजारसम्मको स्कलरसिप दिन सकिने छ । 

कन्क्लेभमा २० भन्दा धेरै विश्वविद्यालयका प्रतिनिधिलाई विद्यार्थीले एकै छानामुनि भेट्न सक्नेछन् । राइटपाथका प्रमुख कार्यकारी अधिकृत (सीईओ) फिलिप्स डीसीले युनिभर्सिटीका रेप्रिजेन्टेटिभबाटै विद्यार्थीले सत्य तथ्य जानकारी पाउने कार्यक्रमको उद्देश्य रहेको बताए । 

कार्यक्रमले विद्यार्थीको रिसर्चमा पनि मद्दत पुर्‍याउने उनको विश्वास छ । विद्यार्थीलाई परीक्षा पछिको तीन महिना समय खेर फाल्न नपरोस् भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको उनको भनाई छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update