News 24 Television
फलफूल खाँदा जोखिमै जोेखिम, आँप र केरा झन् डरलाग्दो

काठमाडौं । वैशाख महिनाको सुरुवात नहुँदै पाकेर पहेलै देखिने आँप जताततै बेच्न राखिएको देखिएपछि यस्ता आँप स्वास्थ्यका लागि कति घातक त ? चर्चा भइरहन्छन् । तर, उपभोक्ता अप्राकृति रुपमा पकाइएका आँप खान लालायित नै देखिन्छन् । अप्राकृतिक रुपमा पकाइएका आँप सहित यसरी नै पकाइएका अन्य फलफूल कतिको घातक छन् त स्वास्थ्यका लागि ? 

गर्मी मौसममा आँपको सिनज भएका कारण अहिले बजारमा विभिन्न प्रजातीका आँप बेच्न राखिएको देखिन्छ । स्वास्थ्यका लागि पनि आँप खानु निकै फाइदाजनक मानिन्छ । तर पछिल्लो समय आँप पकाउन क्यालसियम कारबाइड नामक रसायनको प्रयोग हुने तथ्य बाहिर आएको छ । यद्यपि, सरकारी पक्ष यसलाई स्वीकार गर्दैन । 

क्यालसियम कार्बाइड र यसको असर  
-    सीए सीटु को रासायनिक सूत्र भएको एक किसिमको रासायन हो ।
-    मुख्य प्रयोग औद्योगिक प्रयोजनका लागि हो ।
-    तर, पछिल्लो समय यो रसायनलाई काँचो फलफूल पकाउन प्रयोगमा ल्याइएको छ ।
-    क्याल्सियम कार्बाइडको प्रयोगले श्वासप्रश्वास, क्यान्सर, मृगौला सम्बन्धि रोग लगायतको जोखिम 

क्यालसियम कारबाइड विशेष गरी आँप, केरा पकाउन बढि प्रयोगमा हुने गरेको तथ्य बाहिरिने गरेको छ । यदि यो रसायन प्रयोग गरी फलफूल पकाएको छ भने यसले स्वास्थ्यमा गम्भीर असरलाई नर्कान सकिदैन । तर केहि फलफूल बोटमै पाक्ने भन्दा पनि टिपेर पाक्ने वा सुरक्षित तरिकाले समेत पकाउन सकिन्छ । कृतिम रुपमा फलफूल पकाउन पराल, अन्न, कपडा आदिमा गुम्स्याएर तथा एउटा भाँडामा पाकेको र नपाकेको फलसँगै राखेर वा तातो खाल्डोमा गुम्स्याएर पकाउन सकिन्छ । तर यसरी पकाउँदा भने समय धेरै लाग्ने गर्दछ । जसका कारण बजारमा बेच्न ल्याइने आँप लगायतका फलफूल कृतिम तर सुरक्षित तरिकाले पकाइने भन्दा पनि फलफूलमा रसायनको प्रयोग नै बढि हुने गरेको तथ्य बाहिरिने गरेका छन् । 

रसायन प्रयोग गरिएका फलफूल सेवन सेवन गर्दा बान्ता हुने, छाती दुख्ने, घाँटीमा घाउ आउने, पेट दुख्ने जस्ता तत्काल देखिने समस्याका साथै दीर्घकालीन असर अझै बढि घातक हुने गर्दछ । त्यसैले रसायनयुक्त फलफूल बजारमा भित्रन नदिन सम्बन्धित निकायको भूमिका महत्वपूर्ण हुन्छ। साथै आम उपभोक्ता पनि सचेत हुन जरुरी छ । 


 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update