News 24 Television
सर्वदलीय बैठकमा गएनन् शीर्ष नेता, दोस्रो तहका नेताहरू सहभागी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा सर्वदलीय बैठक बसेको छ । शुक्रवार अपरान्ह शितल निवासमा बसेको सर्वदलीय बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनबारे छलफल भएको हो ।

बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) लगायत संसद विघटन हुनुअघिको संसदमा प्रतनिधित्व गर्ने राजनीतिक दलहरुका दोस्रो तहका नेताहरु सहभागी भएका छन् ।

नेपाली काँग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, नेकपा (माओवादी केन्द्र) बाट नेता नारायणकाजी श्रेष्ठ र वर्षमान पुन लगायतका नेताहरु उपस्थित थिए ।

जेन-जी आन्दोलनपछि बनेको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको आग्रहमा राष्ट्रपति पौडेलले सर्वदलीय बैठक आह्वान गरेका थिए । अन्तरिम सरकारले फागुन २१ गते निर्वाचनको मिति तोकेको छ ।

तर नेकपा एमालेले संसद पुनः स्थापना गर्नुपर्ने माग राखेको छ भने नेपाली काँग्रेस पनि त्यसमा सहमत छ । बैठकमा राजनीतिक दलका शिर्ष नेताहरु भने उपस्थित छैनन् । 

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update