
काठमाडाैँ । नेपाल वादोरियो कराते डो संघको दिक्षान्त समारोह सम्पन्न भएको छ । संघका संस्थापक अध्यक्ष एवम् बाग्मती प्रदेशका खानेपानी मन्त्री श्याम बहादुर खड्काको प्रमुख आतिथ्यमा शनिबार उक्त दिक्षान्त समारोह सम्पन्न भएको हो ।
फस्ट डन परिक्षा तथा बेल्टपासमा २० जना खेलाडी सहभागी रहेको जनाइएको छ । यसमा एसिया कराँतेका प्रमुख हरिशरण केसीको संयोजनमा सम्पूर्ण खेलाडीहरुलाई स्तरोन्नतिका लागि विभिन्न कराँते खेलका परिक्षा लिई आन्तरीक बढुवा गरेको जानकारी दिइयो । संघमा आबद्ध २ जना खेलाडीहरुले भर्खरै भुटानमा सम्पन्न खेलमा पदक हासिल गरेका थिए ।
स्तरोन्नति हुने खेलाडीहरु क्रमशः सञ्जय लामा तेस्रोबाट चौथो डनमा प्रवेश गरे, संघर्ष पहरी, सुभ सिलवाल र पुजा गुरुङ दोस्रोबाट तेस्रो डनमा प्रेवश गरे । एलन श्रेष्ठ, सुस्मिता वाईबा, अनिल उपरकोटी, तेजस सिलवाल र सुशीला महर्जन प्रथमबाट दोस्रो डनमा स्तरोन्नति भए । कुशल तामाङ, अप्सना मगर, निमा एस. लामा, सुजिन तामाङ र ईमिला थापामगर ब्ल्याक बेल्टमा स्तरोन्नति भए । उनीहरुलाई हरिशरण केसीबाट बेल्ट तथा पदक हस्तान्तरण गरियो ।
समारोहमा बागमती प्रदेश सहकाल्लार सन्तोष केसी, संघका केन्द्रिय समितिका महासचिव प्रतिक्षा श्रेष्ठ, कोषाध्यक्ष पुरुषोत्तम पोखरेल र सदस्यहरू लक्ष्मी रिजाल, राजकुमार कार्की लगायतको उपस्थित रहेको थियो ।