News 24 Television
त्रिविभित्र अनेक तमासा, उज्यालोको जगमा अँध्यारोको जोखिम !

काठमाडौं । नेपालको सबै भन्दा पुरानो शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालय अहिले पनि धेरै विद्यार्थीको रोजाईमा पर्ने विश्वविद्यालय हो । तर, त्रिभूवन विश्वविद्यालयमा मौलाउँदै गएको वेथितिका कारण विद्यार्थीहरु मर्कामा त छदैछन् । त्यसमा पनि त्रिविले आफ्नो विश्वश्नियता गुमाउने जोखिम नै बढेको छ । त्रिविभित्रका वेथिति नरोकिएसम्म नेपालको उच्च शिक्षा सुधार नै नहुने देखिएको छ । 

नेपालकै जेठो र अनुभवी शैक्षिक संस्थाका रुपमा परिचित नाम हो, त्रिभुवन विश्वविद्यालय । अहिले पनि नेपाली शैक्षिक बजारमा उच्च शिक्षाको ठूलो हिस्सा त्रिवि कै देखिन्छ । साथै उच्च शिक्षाका लागि धेरैको रोजाई त्रिवि नै पर्ने गर्दछ । तर विडम्बना नेपालको पुरानो र अनुभवी शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालय समस्या ग्रस्त बन्दै गएको छ । त्रिविको कुरा गर्ने हो भने विद्यार्थी संख्याका आधारमा विश्वका ठूला विश्वविद्यालयहरुको सूचीमा समेत १५ देखि १६ औं स्थानमा पर्ने गर्दछ । 

तर, समग्र मुलुकको विकासको लािग शिक्षा अपरिहार्य छ । जसका लागि विश्वविद्यालयले प्रदान गर्ने गुणस्तरीय शिक्षाको ठूलो भूमिका हुने गर्दछ ।  तर मुलुकै पुरानो र अनुभवी त्रिवि समस्या ग्रस्त बन्दै गएको छ । जसको सुधार नभए सम्म उच्च शिक्षाको सुधार नहुने देखिन्छ । 

त्रिवि अन्तर्गत ५ वटा अध्ययन संस्थान र ४ वटा सङ्काय रहेका छन् । ती अध्ययन संस्थानअन्तर्गत ६१ वटा आंगिक क्याम्पस, ३९ वटा केन्द्रीय विभाग र १ हजार ८५ वटा सम्बन्धनप्राप्त कलेजहरु रहेका छन् । हाइएर एजुकेसन वर्ड यूनिभरसीटि ¥याक २०१९ अनुसार त्रिभुवन विश्वविद्यालय विश्वका हजार उत्कृष्ठ विश्वविद्यालयभित्र पर्न समेत सफल भएको थियो । तर पछिल्ला वर्षहरुमा त्रिविमा मौलाउँदै गएको समस्याका कारण त्रिवि शिक्षाको गुणस्तर खस्कस्दै गएको छ । 

त्रिविमा देखिएका समस्याहरुमा तालिकाअनुसार परीक्षा, नतिजा र पढाई नहुने, एउटै रजिस्ट्रेसन नम्बरबाट दुई जनाको ट्रान्सकिप आउने, प्रश्न पत्र दोहोरिने, अर्कै विषयको प्रश्न पत्र आउने, निजी कलेजका प्रश्न पत्र बाँडिने जस्ता विषयले पछिल्लो समय त्रिवि चर्चामा आउँने गरेको । साथै विद्यार्थीको उत्तर पुस्तिका हराउने, नतिजा आउँदा एप्सेन्ट आउने, नतिजा अर्कै विषयको आउने जस्ता समस्याका कारण विद्यार्थीको भविष्य माथि समेत खेलबाड हुने गरेको आरोप समेत लाग्ने गरेको छ । 

साथै त्रिविमा पछिल्लो समय मौलाउँदै गएको राजनितिकरणका कारण पठनपाठन भन्दा राजनीति गर्ने थलोका रुपमा परिणत भएको आरोप समेत लाग्ने गरेको छ । त्रिविमा मौलाउँदै गएको विभिन्न समस्या समाधान तथा सुधार गर्न ढिला गर्ने हो मुलुककै पुरानो तथा अनुभवी विश्वविद्यालय भएर पनि त्रिविले आफ्नो विश्वश्नियता जोगाउन सक्ने देखिन्न् । 

 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update