News 24 Television
आर्थिक अपराधमा राज्यदेखि नीजि क्षेत्रसम्म संलग्न (भिडियो अन्तर्वार्ता)
interview

काठमाडौं । मुलुकको आर्थिक क्षेत्रमा पछिल्लो पटक आर्थिक अपराधका घटनाहरु बढिरहेका छन् । सरकारी तथा सार्वजनिक जग्गा हडप्ने व्यक्ति वा संस्थाहरुको नाममा गाभ्ने घटनाहरुले सरकारी जग्गाको हिनामिना भइरहँदा राज्य जिम्मेवार भइरहेको देखिँदैन ।

राज्यका निकायहरु मालपोत, भूमिसुधार, नापी कार्यालयहरुजस्ता जिम्मेवार निकायहरुले सार्वजनिक जग्गालाई संरक्षण गर्न सकिरहेका छैनन। त्यसैगरी विभिन्न तहका जनप्रतिनिधिहरुले पनि आफ्ना क्षेत्रका सार्वजनिक सम्पदा, सार्वजनिक जग्गा तथा मठमन्दिरहरु गुठिका सम्पतिहरुको हिनामिनामा प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा संलग्न रहेको पाइएको छ ।

त्यस्तैगरी पछिल्लो पटक केही सहकारी संघसंस्थाहरुले बचतकर्ताहरुको निक्षेप तथा बचतलाई व्यक्तिगत स्वार्थ र प्रयोग गरेको कारणले सहकारी संस्थाहरु बदनाम बनिरहेका छन् ।

विगतमा राजनीतिक आवरण र स्वार्थमा खोलिएका सहकारी संस्थाका अभियान्ता र संचालकहरुमाथि आज गम्भीर प्रश्न उठेको छ । यसै सन्दर्भमा हामीले नियमित प्रस्तुति इस्यूअफ द डेमा अर्थ विश्लेशक तथा प्रा.डा गोपीलाल न्यौपानेसँग कुराकानी गरेका छौँ ।

(भिडियो)

https://youtu.be/aRXM8c-IpPk?si=_2h0lZGVYOVlBSlG

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  ०६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update