News 24 Television
नेपालको औषधिमा डब्लूएचओको सर्टिफिकेट ! 

काठमाडौं । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास जीएमपी प्रमाणपत्र प्राप्त गरेको छ । लिमिटेडले औषधि उत्पादनका लािग आवश्यक सम्पूर्ण मापदण्ड पूरा गरेपछि डब्लुएचओबाट जीएमपी सर्टिफिकेट प्राप्त गरेको हो । औषधिको गुणस्तर कायम राख्ने गुड मेनुफ्चरिङ प्राक्टिस जीएमपी खास के हो त ? अनि यो किन आवश्यक छ ?

अन्तराष्ट्रिय स्तरकोविश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास जीएमपी प्रमाणपत्र नेपाल औषधी लिमिटेडले पनि प्राप्त गरेको छ । 

शाही औषधी लिमिटेड नामले स्थापना औषधी लिमिटेडले लिमिटेडले गत जेठ ७ गते विभागमा प्रमाणपत्रका लागि निवेदन दिएको थियो। उक्त निवेदन पछि विभागले विज्ञ टोली खटाउँदै आवश्यक अवलोकन र निरीक्षण गर्दै प्रमाणपत्र उपलब्ध गराएको हो । लिमिटेडले सम्पूर्ण मापदण्ड पूरा गरेपछि स्थापना भएको पाँच दशकपछि औषधि व्यवस्था विभागबाट अन्तर्राष्ट्रिय मान्यताको उक्त प्रमाणपत्र प्राप्त गरेको छ । 

शाही औषधी लिमिडेट नामले वि.सं. २०२९ सालमा स्थापना भएको थियो । तर त्यस समय तथा २०६४÷०६५ सालसम्म जिएमपीको प्रावधान नभएका कारण लिमिडेटले सो प्रमाण पत्र लिएको थिएन । साथै उक्त प्रावधा पछि लिमिटेडले औषधी उत्पान समेत बन्द गरेको थियो । तर २०७४ सालदेखि नै सो मापदण्डमा औषधि उत्पादन सुरु गरेयता लिमिटेडले बल्ल जीएमपी प्रमाणपत्र प्राप्त भएको हो ।

के हो जीएमपी ?

-  जीएमपी (गुड मेनुफ्चरिङ प्रैक्टिस सिस्टम) कुनै पनि खाद्य, औषधि, मेडिकल सामग्री र कस्मेटिक उत्पादन गर्ने क्रममा कम्पनीहरूले अपनाउनु पर्ने मापदण्ड हो । 

- अझै औषधि तथा औषधिजन्य पर्दाथ उत्पादन गर्ने क्रममा जीएमपी मापदण्ड पालना निकै महत्वपूर्ण हुन्छ । 

- औषधि उत्पादन कम्पनीहरुले औषधि उत्पादनका लागि राष्ट्रिय कुशल औषधि उत्पादन अभ्यासबाट नै औषधि उत्पादन गर्नुपर्छ । 

- नेपालमा औषधि उत्पादन कुशल अभ्यास संहिता २०७२ ले मापदण्ड तोकिदिएको छ । 

- तर, अन्तर्राष्ट्रिय स्तरको जीएमपी प्राप्त गर्न कुनै पनि औषधि कम्पनीहरुले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै औषधिको उत्पादन गर्नुपर्ने हुन्छ ।

- अन्तर्राष्ट्रिय स्तरको कुशल अभ्यासमा कस्ता मापदण्ड रहेका छन् त ?

- गुणस्तरीय औषधि उत्पादनका लागि ‘हन्ड्रेड थाउजेन्ट क्लास’को वातावरण आवश्यकपर्ने 

- एक क्युबिक फिटमा शून्य दशमलव ५ माइक्रोन धुलोका कण एक लाखभन्दा बढी हुन नहुने 

- औषधि उत्पादन गर्ने कारखानामा ‘एचभीएसी सिस्टम’ हिटिङ, भेन्टिलेसन एन्ड एयर कन्डिसनिङ हुनुपर्ने 

- औषधि उत्पादन गर्ने क्रममा एकै खालको प्रक्रियाबाट औषधि उत्पादन गर्नुपर्ने

- औषधिको गुणस्तर हरेक व्याजमा एकै किसिमको हुनुपर्ने आदि

नेपाल औषधि लिमिटेडले हाल अन्तर्राष्ट्रिय मापदण्ड प्रभाणपत्र पाएसंगै आउँने दिनमा दीर्घरोगीका लागि लक्षित गरी कोलेस्ट्रोल, सुगर र प्रेसरको औषधि उत्पादनका योजना बनाएको जनाएको छ । 

साथै सरकारले लिमिटेडलाई आवश्यक बजेट विनियोजन गरिदिएमा कम्पनीको योजनामा रहेका सबै ९८ वटा प्रकारका औषधि उत्पादन गर्न समेत सक्षम भएको नेपाल औषधी लिमिटेडको भनाई छ । 

नेपालमा कुशल औषधि उत्पादन अभ्यास राष्ट्रिय मापदण्ड प्राप्त गर्ने औषधी कम्पनीहरुको संख्या ६५ रहेको छ भने अन्तराष्ट्रिय डब्लुएचओको मापदण्ठ प्रमाण पत्र लिनेको संख्या ५८ रहेका छन् । साथै केहि औषधी कम्पनीहरुले कुशल औषधि उत्पादन अभ्यास राष्ट्रिय मापदण्ड अनुसार औषधी उत्पादनको तयारीमा रहेको औषधी व्यवस्था विभागको भनाई छ । 

नेपालको कुशल औषधि उत्पादन अभ्यास सहिता २०७२ अनुसार नै औषधीको गुणस्तर मापदण्ड तयगरिने गरिएको छ । साथै यो अभ्यास लागू गरेका औषधी कम्पनीहरुले राष्ट्रिय जीएमपी प्राप्त गर्ने गर्ने गर्दछन् । तर औषधी कम्पनीले आफ्नो कम्पनीमा उत्पादित औषधी अन्तारष्ट्रिय बजारमा लग्नु परेमा भने स्तरमा औषधी लग्नु परेमा अन्तराष्ट्रिय मापदण्ड जीएमपी प्रमाण पत्र आवश्यक पर्ने गर्दछ । 

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  ०७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update