काठमाडौं । नेपाल राष्ट्रिय अभिभावक संघले शिक्षकहरुको जायज मागको यथोचित सम्बोधन गरेर विद्यालय सुचारु गराउन सरकारलाई ध्यानाकर्षण गराएको छ । संघले आज एक विज्ञप्ति जारी गर्दै शिक्षकहरुको आन्दोलनको कारण विद्यालयको गतिविधि ठप्प पारिएकाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
शिक्षहरुले विभिन्न माग राख्दै काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् । यस्तोमा अभिभावक संघले सरकारको यथोचित माग सम्बोधन गर्नसमेत सरकारमाथि आग्रह गरेको हो ।
      ‘संघिय विद्यालय शिक्षा ऐन शिघ्र जारी गरिनुपर्ने तथा नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षक महासंबीच विभिन्न मितिमा गरिएका वार्तापछिको सहमतिलाई समेत कार्यान्वयन गरिनुपर्ने भनि विगत केही दिनदेखि नेपाल शिक्षक महासंघको आह्वानमा गरिएको शिक्षक आन्दोलनको कारण देशरको विद्यालयहरुमा दैनिक पठनपाठन, विद्यार्थी भर्ना अभियान, एसईई नतिजा प्रकाशन लगायत कार्यलाई बाधा पुर्याउने परिस्थिति सृजना भएकाले नेपाल राष्ट्रिय अभिभावक संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
 
                                    
                                                                    