News 24 Television
पुस्तक पढ्नुको मज्जा नै बेग्लै, पोखरामा बढे पढ्नेहरु 

कास्की । पुस्तकलाई ज्ञानको भण्डार मानिन्छ । पुस्तक अध्ययनले मानिसलाई विभिन्न विचार, दर्शन, संस्कृति र दृष्टिकोणहरूसँग परिचित गराउँछ भने सोचलाई विस्तृत बनाउँदै जीवनमा सकारात्मक परिवर्तन ल्याउन मद्दत पु¥याउछ ।

पछिल्लो समय प्रविधिको विकाससँगै पठन संस्कृति कम हुने धेरैको अनुमान थियो । तर, यो अनुमान समय–समयमा गलत सावित हुँदै गएको छ । पोखरामा नयाँ पुस्तामा पठन संस्कृति बढ्दो रूपमा देखिएको छ भने युवामा पनि पुस्तक क्रेज बढेको छ । 

पुस्तकलाई ज्ञानको भण्डार मानिन्छ । यसको महत्व छुट्टै छ । कुनै पनि मानिस ज्ञानको भोको हुन्छ । मानिसमा ज्ञानआर्जन गर्ने मात्र नभइ समाजलाई बुझ्न पुस्तक पढ्नुपर्ने हुन्छ । 

पुस्तक अध्ययनले मानिसलाई विभिन्न विचारधारा, र दृष्टिकोणसँग परिचित गराउँछ भने सोचलाई विस्तृत बनाउँदै जीवनमा सकारात्मक परिवर्तन ल्याउन मद्दत पुग्छ । पछिल्लो समय प्रविधिको विकाससँगै पठन संस्कृति कम हुने धेरैको अनुमान रहेपनि पोखरामा भने यो यो अनुमान गलत सावित हुँदै गएको छ । 

नयाँ पुस्तामा पठन संस्कृति बढ्दो रूपमा देखिएको छ । केही वर्षअघिसम्म बाध्यताले मात्र पढ्नेहरुमा पनि अहिले पुस्तक क्रेज बढेको छ । विशेषतः कलेज पढ्ने विद्यार्थीहरुपनि नियमित पाठ्यक्रमबाहेक अन्य पुस्तक पढ्ने अभ्यास निकै कम देखिन्थ्यो । तर, वर्तमान समाज बुझ्न, कुनै विषयमा धारणा बनाउन र पाठ्यक्रमकै अन्य थप कुरा थाहा पाउन पठन संस्कृति विकास भएको देखिन्छ । युवा तथा कलेज विद्यार्थीहरु त पुस्तकालयमै गएर अध्ययन गर्ने गर्छन् । शान्त र धेरै विधाका पुस्तक पाइने भएकाले पनि युवावर्गहरु पुस्तकालयमा गएर अध्ययन गर्न आकर्षित हुने गरेका छन् ।

यता डिजिटल युगमा पुस्तकको प्रयोग घट्दै गएको अनुमान गरिदै आएको छ, तर त्यसको विपरीत युवामा पुस्तकमाथि आकर्षण बढीरहेको छ । त्यसमा पनि पुस्तकालयमै गएर पढ्नेहरु धेरै छन् । विद्यार्थीहरुपनि शैक्षिक पाठ्यपुस्तक दबाब दिएर पढ्नुपर्ने अवस्था भएकाले बाहिरी पुस्तक पढ्ने गरेको र यसले बृहत्तर ज्ञान प्राप्त हुने प्राध्यापक सञ्जीव पौडेल बताउँछन् ।

पछिल्लो समय इन्टरनेटमै सहजै उपलव्ध हुने भएकाले पनि पुस्तकालयहरुमा गएर पढ्ने पाठकको संख्यामा कमी आएको भन्ने प्रश्न पनि उब्जिने गर्छ । तर ई–लाइब्रेरीले पुस्तकालयलाई असर नपारेको र पुस्तकको हार्डकपिमा पढेर आउने आनन्द मोबाइलमा पढेर नआउँने हुँदा पुस्तकालयमै आएर पाठकहरुले आफ्नो रुची अनुसारको पुस्तक पढ्ने गरेको हिमालयन रिडर्स कर्नरका सञ्चालक बिजय भण्डारीको भनाई छ ।

पुस्तक पढ़्नाले मानसिक स्वास्थ्यको पनि ध्यान राख्न मद्दत पुर्याउने अध्ययनले देखाएको छ । साथै पठन संस्कृतिले मस्तिष्कको विकासमा सहयोग पुर्याउँछ भने यसले तनाव र चिन्तालाई कम गर्न मद्दत गर्छ । तर पछिल्लो समय फुर्सदको समय मोबाइलमा मात्र खर्चिने बानीले मानसिक स्वास्थ्यमा नकरात्मक असर पर्दै गएको देखिन्छ । 

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update