
अर्काको भरिया बनी पयरको चाटेर उड्ने धुलो
हो झोले, तर गर्छ खिल्लि अरुको कुरा उसैको ठुलो
झोले दर्शनले गलाउँछ सधै सोझा र सिधाहरू
यस्तो नाटकले बढाउछ अझै कुण्ठा द्विविधा अरु ।१
झोला बोक्न सिकाउँछन् किन तिनै स्वतन्त्रताका रथी
थोत्रो आत्मरति सुनाइ अरुको आस्था बटुल्छन् कति
आत्मालाप गरेर देश यसरी बन्ला र प्रपञ्चले
भ्रष्टाचार छ व्याप्त लिप्त दलका आघात सड्यन्त्रले ।२
झोले भन्न रुचाउँछन् किन यहाँ नेता अगुवाहरु
झोले बन्न रुचाउँछन् छि। कसरी जान्ने बुझ्ने अरु
अर्काको गुणगान गाइ पदवी थापेर झोले बने
धिक्कार्ला सबले इमान गरिमा त्यागेर बाँच्यौँ भने ।३
झोले बन्न सिकाउने रहर हो या बाध्यता हो भन
अन्धो भक्त बनेर देश नचिने के अर्थ यो जीवन
कैयौं वीर शहीदको रगतले ल्याएर गणतन्त्र यो
झोले बन्न सिकाउने यदि भए के अर्थ लोकतन्त्रको ?४
योद्धाको बलिदानले बदलिए रैती र राजाहरू
झोले चिन्तन फेरिएन, थपिए सत्ता र साँचाहरू
केको शासन गर्दछौ मुलुक यो डुब्दै गए आखिर ?
झोले दर्शन फाल, जाग जनता यो देशको खातिर ।५
पु.न.पा -७ बैतडी
सम्पर्क : ९८६८४५६३१३
[email protected]