
काठमाडौँ । अज्ञानरूपी अन्धकारलाई ज्ञानरूपी ज्योतिले प्रकाशमय बनाउने उद्देश्यमा ‘इलिक्सर एकेडेमी’ निरन्तर अघि बढिरहेको छ । यस कुरालाई गत शुक्रबार प्रकाशित एसइई परीक्षाको नतिजाले थप प्रष्ट पारेको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सार्वजनिक गरेको २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजाअनुसार यस वर्ष इलिक्सर एकेडेमीबाट एसईईमा सहभागी ३८ जना विद्यार्थीहरूमध्ये १८ जनाले ४ जिपिएसहित शतप्रतिशत विद्यार्थीले ३.७३ जिपिए भन्दा माथि ९ब्ं० प्राप्त गर्न सफल भएका छन् ।
काठमाडौँ कुमारीगाल, चाबहिलमा अवस्थित इलिक्सर एकेडेमीले संस्कारसहितको शिक्षालाई विशेष महत्त्व दिएको दिएको छ । स्थापनाकालदेखि नै विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई ध्यानमा राख्दै आफ्ना क्रियाकलाप सञ्चालन गरिएका विद्यालयका प्रधानाध्यापक भन्छन्, ‘एउटा ओदानका तीनवटा खुट्टाजस्तै अभिभावक, विद्यार्थी र विद्यालयबीचको पारस्पारिक सहयोगले नै हामीले यो सफलता हासिक गरेका छौँ ।’
वि.सं. २०६७ सालदेखि उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको यस विद्यालयले वि.स. २०८१ सालमा उच्च सफलता हासिल गरेको छ । यसअघि २०७८ सालको एसईई परीक्षामा काठमाडौँ जिल्लामा प्रथम भई काठमाडौँ महानगरपालिकाबाट नगद पुरस्कारसहित ‘सर्वोत्कृष्ट विद्यालय पुरस्कार’ले पुरस्कृत भएको थियो । त्यस्तै २०८० सालको एसईई परीक्षामा काठमाडौँ जिल्ला प्रथम भई प्याब्सन काठमाडौँद्वारा ‘उत्कृष्ट विद्यालय सम्मान २०८०’ ले सम्मानित भएको थियो ।