News 24 Television
एमाले अध्यक्षमा विद्याको नजर, ओलीको विकल्प या सहयात्री ? 

काठमाडौं । नेकपा एमाले भित्र शक्ति संघर्षको बहस चलिरहेको छ । सक्रिय राजनीतिमा फर्किएकी पूर्व राष्ट्रपतिको हैसियतमा पाइरहेको सेवा सुविधा समेत त्यागेर विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएपछि भण्डारी र एमाले अध्यक्ष ओलीबीच शक्ति संघर्ष चुलिएको चर्चा सवत्र्र छ । 

पार्टी कार्यकता पंक्तिदेखि नेतृत्वसम्म नै यो विषय बहसमा छ । कतिपयले ओलीको विकल्पमा विद्यालाई खडा गरिएको विश्लेषण गरिरहेका छन् । यस्तोमा एमाले भित्रको विकसित राजनीतिक घटनाक्रमको अवस्था कस्तो छ ? र, एमालेले विद्यादेवी भण्डारीको व्यवस्थापन कसरी गर्छ ? 

एमालेका ओली पक्षका नेताहरुले भनेजस्तो एमालेमा कुनै विवाद नरहेको कुरा पत्याउन गा¥हो छ । राष्ट्रिय राजनीतिमा विद्याको राजनीतिक सक्रियताबारे विभिन्न टिकाटिप्पणीहरु भइरहेका छन् । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा समेत विद्याको राजनीतिक पुनरागमन छलफलको विषय बनेको छ । 

एमाले पंक्तिमा त केन्द्रदेखि ग्रासरुट कार्यकर्तासम्म नै यो बहस पुगिसकेको छ । ओली भर्सेस विद्या टकरावकाबीच कार्यकर्ता पंक्तिदेखि नेताहरुले आफ्नो कित्ता किलियर गरिरहेका छन् ।

सचिवालय सदस्यहरु संस्थापन र इतर गरी दुई ध्रुवमा विभाजित छन् । इतर पक्षले मात्र होइन, ओली पक्षले नै हिसाबकिताव थालिसकेका छन् । एमालेको ११ औँ महाधिवेसनमा ओली र विद्याको भिडन्त हुने पक्का भन्ने प्रश्नले घेरिएको छ सत्तारुढ दल नेकपा एमाले । 

तत्कालिन समयमा एमाले उपाध्यक्ष हुँदै दुई कार्यकाल राष्ट्रपति बनिसकेकी भण्डारी एमालेको सदस्यता नविकरण गर्दै औपचारिक रुपमै सक्रिय राजनीतिमा फर्किएको घोषणा गरिसकेकी छिन् । आजीवन पाउने राज्यको ठूलो सेवा सुविधा त्याग गर्दै पार्टीको कार्यकर्ता बन्नु पछाडिको रहस्य नहुने कुरै भएन । सार्वजनिक रुपमा भण्डारीले रहस्य खोलेको अवस्था भने छैन । तर कार्यकारी पदमा पुग्ने भण्डारीको चाहना बुझ्न पनि कठिन छैन । भण्डारी आफैले महिला नेतृत्वले राष्ट्रको नेतृत्व लिन अग्रसर हुनेपर्ने बताउने गरेकी छिन् । 
 
अर्काेतर्फ एमालेमा नेतृत्व परिवर्तनदेखि ७० बर्षे उमेर हद र दुई कार्यकाल कार्यकारीका विषयमा बेमेलको स्थिति छ । लगातार दुई कार्यकाल पार्टी अध्यक्षसहित नेतृत्व हाँकिरहेका प्रधानमन्त्री ओलीको विकल्प खोज्ने अवस्थामा आफूहरु नपुगेको ओली निकटका नेताहरुले दाबी गर्दै आएका छन् । 

कार्यकारी र ७० बर्षे उमेर हदमा बहस भइरहेका बेला वर्तमान राजनीतिक परिस्थितिलाई सामना गर्न ओली जत्तिको दुरदर्शी क्षमता भएको नेता यतिबेला एमालेमै नरहेको उनीहरुको तर्क छ ।  

उसो त नेताहरुले विधान अनुसार दुई कार्यकाल र ७० बर्षे उमेर हदको नियम रहेको स्वीकार गरिरहेका छन् । संसदकै ठुलो कम्युनिष्ट दल नेकपा एमालेले जनताको बहुदलीय जनवादको अंगिकार गरिहेको छ । 

ओलीले मिशन ८४ मा लाग्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिइरहँदा विद्याको पुनरागमनले एमालेको बाटो मोडिएको छ । यद्यपि ओलीले मिसन ०८४ भन्न छाडेका छैनन् । तर एमालेमा पार्टीको ११ औँ महाधिवेशनमा चासो बढेको छ । 

महाधिवेसन हुनुअघि एमालेको विधान महाधिवेशन महत्वपुर्ण मानिन्छ । भदौ २० देखि २२ सम्म तीन दिन ललितपुरको सनराइज हलमा एमालेको विधान महाधिवेशन हुँदैछ । त्यही विधान महाधिवेसनले नै एमालेको भावि राजनीतिक कार्यदिशा थप प्रस्ट पार्नेछ । 

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update