
काठमाडौं । नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीले रसुवामा ठुलो क्षति पु¥याएको छ । नेपाल–चीन जोड्ने रसुवा नाकामा आएको लेदोले मितेरी पुल बगाउनुका साथै जनधनको क्षति पुयाएको हो । अहिलेसम्म तीन दर्जन बढि नागरिक व्यपत्ता हुँदा सात जनाले ज्यान गुमाइसकेका छन् ।
रसुवामा बाढीको पूर्व सूचना नभएको होइन । सुचनाको बेवास्ता गर्दा ठूलो क्षति भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । तीनवटै सुरक्षा निकायले उद्घार जारी राख्दा प्रधानमन्त्री ओली पनि प्रभावित क्षेत्र पुगेका छन् । गृहमन्त्रालयले अझै खतरा नटरेको भन्दै सूचना निकालेको छ ।
सोमबार राति आएको बाढीले रसुवा तहसनहस बनेको छ । नेपाल–चीन जोड्ने मितेरी पुल, हाइड्रो, दर्जनौं कन्टेनर सहित जनधनमा क्षपत पुगेको छ । अहिलेसम्म ७ जनाको मृत्यु भएको जनाइएको छ भने २० जना बेपत्ता छन् । तीन वटै सुरक्षा निकाय नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरिरहेका छन् ।
पाँच दर्जन बढि नागरिकको सकुशल उद्धार भएको राष्ट्रिय विपत् जोखिम न्युनिकरण प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले जोखिम कायम रहेको हुनाले सचेत रहन चेतावनी दिएको छ ।
बाढिले नेपाल चीन नाका जोड्ने मितेरी पुल बगाउँदा सवारी आवागमन बन्द मात्रै भएको छैन चीनसंगको व्यापार अनिश्चित कालका लागि अन्योल बनाएको छ ।
नेपाल चिन जोड्ने मितेरी पुल पुर्णरुपमा क्षेतीग्रस्त बनेको छ । आवतजावत पुर्ण रुपमा बन्द भएका छन् । बाढिले रसुवा भन्सार क्षेत्रमा पार्किङ गरिएका सयौं भ्यान, गाडि, कन्टेनर तथा भन्सार गर्न राखिएका सामानहरु बगाएको छ ।
क्षतिको यकिन विवरण आननसकेपनि ठुलो मात्रामा धनमालको क्षति भएको विपत न्युनिकरण प्राधिकरणले जानकारी दिएको छ । विज्ञहरुले अव्यवस्थित सडक निर्माण र विकासलाई समेत कारण मानेका छन् ।
रसुवाको गोसाइकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित लेन्दे नदीमा आएको बाढीमा बेपत्ता भएका १८ जना मध्य तीनजना प्रहरी, नौजना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । रामेछापको लिखु तामाकोसी गाउँपालिका–४ का प्रहरी सहायक निरिक्षक लालबहादुर श्रेष्ठ, बाराको फेटा गाउँपालिका–१ का प्रहरी जवान मुन्ना ठाकुर र बझाङको बुंगल नगरपालिका–९ का प्रहरी जवान लोकेन्द्र बोहोराको अवस्था अज्ञात छ ।
बेपत्ता भएका ६ जना चिनियाँ नागरिकमा यू यी, ली ह्वासिङ, याङ चुआन, यू हैहाङ, यू सिओ क्यु र जोउ योङ छन् । बेपत्ता भएका अन्य नेपाली नागरिकमा बर्दियाका जिपन चौधरी, सन्तोष दहित, बुद्धिराम थारू, लक्ष्मीनारायण थारू, सुरेश थारू छन् । यस्तै, बाग्लुङका नरेन्द्र बिक, सिन्धुपाल्चोकका सवारी चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान र हाइलक्स चालक लोकमान तामाङ छन् ।
बाढिको अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित सरकारका उच्च तहका कर्मचारी मंगलबार अपरान्ह रसुवा पुगेको थिए ।
२०० मेघावाट विद्युत उत्पादन प्रभावित, चार हाइड्रोपावरमा क्षति
सुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा मंगलबार बिहान आएको बाढीमा परी चार वटा हाइड्रोपावरमा क्षति भएको छ । बाढीका कारण १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना, ६० मेगावाटको त्रिशूली थ्री ‘ए’, २१ मेगावाटको चिलिमे हाइड्रोपावर र १९ मेगावाट क्षमताको बेनी हाइड्रोपावरमा क्षती पुगेको हो ।
रसुवामा बाढि आउने पुर्व सूचना नभएको होइन् । असार १० मा नै चिनियाँ पक्षले दिएको सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय रसुवाले खतराको घण्टी बजाएको थियो । चिनियाँपक्षले चीनको तिब्बत क्षेत्रमा मुहान भई रसुवा जिल्लामा प्रवाह क्षेत्र बनाई बग्ने नदीहरूमा मनसुनका कारण नदीको बहाव बढ्ने सन्देश दिएको थियो ।
नदी तटीय क्षेत्र आसपासका बस्ती, निर्माणाधीन तथा सञ्चालित आयोजनाहरू र नदीको तटीय क्षेत्र आसपासमा अवस्थित कार्यालय र संरचनाहरूमा विपद्को जोखिम बढ्न सक्ने खतराको घण्टीको सन्देश थियो । तर उक्त सूचनाको अवज्ञा गर्दा सोमबार रातिको बाढिले रसुवामा वितण्डा मच्चायो ।
बाढिले रसुवा नाका हुँदै चिन संगको सम्पर्क नै विच्छेद मात्रै गरेको छैन, नेपाल–चीन व्यापारमा समेत ठुलो धक्का पुर्याएको छ ।