News 24 Television
हिमालका च्याङ्ग्रा शहरभर छरिए, देशभर दशैंको रौनक
हिमालका च्याङ्ग्रा शहरभर छरिए, देशभर दशैंको रौनक दशैं पर्व जारी रहेको यस समय दशैं लक्षित च्याङ्ग्राहरु बजारमा भित्रिने क्रम बढी रहेको छ । हिमाली जिल्लाहरुबाट च्याङ्ग्रा काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा पुगिरहेका छन् । यसरी व्यापारीले ल्याएका च्याङ्ग्राले राजमार्ग नै दशैंमय बनाइदिएको छ । 
कपासका सामान विक्रीमै समस्या, दशैंमा हात रित्तै !
कपासका सामान विक्रीमै समस्या, दशैंमा हात रित्तै ! मुगुको कपास उद्योगले उत्पादन गरेको वस्तुले बजार नपाउँदा उद्योगमै थन्किएका छन् । उत्पादन उद्योगभित्रै थन्किएपछि यसको प्रत्यक्षमारमा परेका छन्, यहाँका कामदार । 
किसानका लागि सुविधा नै सुविधा, कृषि क्रान्तिको यस्तो बाटो !
किसानका लागि सुविधा नै सुविधा, कृषि क्रान्तिको यस्तो बाटो ! धान, गहुँलगायत अन्य खेती कटानका लागि रुपन्देहीका किसानले ट्रयाक बेसमा आधारिक कम्बाइन हार्वेष्टर भित्र्याएका छन् । टायरबेसमा आधारित हार्वेस्टरको विकल्पमा ट्रयाक बेसमा आधारिक कम्बाइन हार्वेष्टर भित्र्याइएको हो । 
स्याउ किसानको उत्साह र पीडाः सरकार खोज्दै कृषक
स्याउ किसानको उत्साह र पीडाः सरकार खोज्दै कृषक कर्णालीका विभिन्न जिल्लामा स्याउ खेति फस्टाउदै गको छ । बजारीकरणको समस्याका कारण किसानहरु मारमा पर्न थालेकोदेखि स्याउको व्यवस्थापन चुनौति बनिरहँदा मुगुमा स्याउ किसानले भने खेर जाने खालका स्याउबाट समेत आम्दानी गर्ने बाटो अपनाउन थालेका छन् । 
ड्रागन खेतीले ७० वर्षिया तामाङ चर्चामा, घरमै मनग्य आम्दानी
ड्रागन खेतीले ७० वर्षिया तामाङ चर्चामा, घरमै मनग्य आम्दानी कुनै सफलताको कार्यका लागि उमेरले सीमा राख्दैन भन्ने गतिलो उदाहरण बनेका छन, दोलखाका ७० वर्षिय कृषक मानबहादुर तामाङ । 
करोडौं खर्चेर बजार बनाइयो, अहिले अलपत्र !
करोडौं खर्चेर बजार बनाइयो, अहिले अलपत्र ! झापाको बुद्धशान्ति गाउँपालिकामा रहेको कृषि बजार प्रयोगविहीन बनेको छ ।सङ्घीय सरकारले एक करोड ६८ लाख रुपैयाँ खर्च गरेर बुद्धशान्ति–४ स्थित टिमाइ खोलाको किनारमा कृषि बजार बनाएको हो । निर्माण सम्पन्न भएको दुई वर्ष भएपनि बजार सञ्चालनमा ल्याइएको छैन ।
नेपाली किसानका लागि खुशीको खबर, दक्षिणकालीको तरकारी पुग्यो कतार
नेपाली किसानका लागि खुशीको खबर, दक्षिणकालीको तरकारी पुग्यो कतार नेपालमा उत्पादित हरियो तरकारी कतारमा निर्यात गर्न सुरू गरिएको छ । चिनियाँ सहयोगमा नेपालको कृषि कार्यक्रम अन्तर्गत पहिलो चरणमा बिहिवार काठमाडौंको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित हरियो तरकारी कतार पठाइएको हो ।
वर्षेनी बढ्दैछ धानको उत्पादन, किसान नयाँ–नयाँ प्रयोगमा 
वर्षेनी बढ्दैछ धानको उत्पादन, किसान नयाँ–नयाँ प्रयोगमा  सुुदुरपश्चिमका अन्य नगरभन्दा सबैभन्दा बढी खेतीयोग्य जमिन रहेको बेलौरी नगरपालिकाले धान खेतीमा सफलता हासिल गरिरहेको छ । उत्पादन वृद्धिमा पनि यस नगरको प्रगति राम्रो बनिरहेको देखिन्छ । बेलौरीका किसानले नयाँ प्रविधिको प्रयोगलाई समेत जोड दिइरहेकाले उत्पादन वृद्धिमा सहयोग पुगेको हो । 
मुगुमा फुजी स्याउको माग बढ्यो, किसान हर्षित 
मुगुमा फुजी स्याउको माग बढ्यो, किसान हर्षित  बिगत लामो समयदेखि पुराना रैथाने स्याउ खेति गर्दै आएका मुगुका किसानले सडक सञ्जालको पहुँच नहुँदा बजारसमेत पाउन सकेका थिएनन् । 
हिउँदमा सिंँचाइ गर्न प्लाष्टिक पोखरी
हिउँदमा सिंँचाइ गर्न प्लाष्टिक पोखरी ओखलढुंगाको चिसंखुगढी गाउँपालिका ६ भदौरेको माथिल्लो भेग विभिन्न कृषि उपज उत्पादनका लागि प्रशस्त सम्भावना भएको क्षेत्र हो । तर यो क्षेत्र निकै सुख्खाग्रस्त हुँदा भनेजस्तो उत्पादन हुन सकिरहेको छैन । 
हिमाली खर्कका किसानको पीडा कसले बुझिदिने ? 
हिमाली खर्कका किसानको पीडा कसले बुझिदिने ?  तीनदेखि छ हजार मिटर उचाइको हावापानी भएको हिमाली खर्कमा वषौंदेखि चल्दै आएको घुम्ती गोठ प्रणाली आजभोली क्रमशः घट्दै गएको छ । वैदेशिक रोजगारमा युवाको आकर्षण बढ्नुका साथै चरन क्षेत्रमा घाँसको कमि जस्ता कारणले घुम्ती गोठमार्फत चौंरी, याक तथा भेँडा पालन गर्नेहरु कम हुदै गएका हुन् । 
Weather Update