काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन पुगेर नेता कार्यकर्तालाई संयमित हुन अपिल गरेका छन् । १८२ सिट आएपछि भुईमा खुट्टा नै नहुने स्थिति सिर्जना भएको स्वीकार गर्दै रविले जनताको मतको अवमूल्यण गर्न नहुनेमा जोड दिएका छन् ।
राजनीति गर्ने निर्णय गरेपछि आफू चितवन आउदा दिएको जनताको मायाको समर्थन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनका मतदाताले आफ्नो ददल, सदस्यता हुँदा पनि साथ दिएको भन्दै आभार व्यक्त गरेका छन्। चितवन पुगेका रविले राजनीतिमा पहिले पार्टी बन्ने जिकिर लिएका छन् ।
रविले पहिले पार्टी बन्ने भन्दै प्रधानमन्त्री तथा संसदीय दलका नेता वालेन्द्र शाहले पार्टी भन्दा देश बनाउने भन्दै सामाजिक सञ्जालमा दिएको सन्देशको जवाफ जस्तो बन्न पुगेको देखिन्छ। यस्तै, रविले विभिन्न दलबाट रास्वपामा जोडिएकाहरुको संगम पनि भएकाले यसले आकार लिने विश्वास व्यक्त गरेका छन्। रास्वपालाई यहि कारण होच्याउने काम भएको स्वीकार गरेका रविले यस्ता दोष रास्वपाले नै लिनुपर्नेमा जोड दिएका छन् ।
रविले १८२ सिटपछि रास्वपा नेता कार्यकर्ता टुप्पिएको भन्दै सच्चिनुपर्नेमा समेत जोड दिएका छन् । जनतालाई असहज लाग्ने गतिविधि गर्न नहुने भनेका रविले जनताले दिएको मत ठालु बन्नका लागि नभएको र अझ बढि जिम्मेवार बन्नका लागि भएको उनको ठहर छ ।
नेता कार्यकर्तामा मात चढेको भनेका रविले एकले अर्कोको सम्मान गर्नुपर्नेमा जोड दिए । भने जनताको मत जनताकै हुर्मत लिनका लागि नभएको समेत चेतावनी दिए ।
यस्तै, रविले अहिले वडाध्यक्ष बन्ने उम्मेदवार नै नपाउने स्थिति बनेको समेत भनेका छन्। पालिका अध्यक्ष, प्रदेशसभादेखि माथिल्लो पदमात्रै ताक्ने प्रवृत्ति बढेको भन्दै व्यङ्ग्य कसेका रविले आफै वडाध्यक्ष लड्न आउनुपर्ने हो भनेका छन् ।
कांग्रेस कम्युनिस्टको उदाहरण दिदै रविले नेपालमा लोकतन्त्र ल्याउनका निम्ति लडेको कुराको स्मरण गर्नुपर्ने र निष्ठाको राजनीति गर्नुपर्ने उल्लेख गरेका हुन्।
चितवन पुगेका रविले पार्टी र सरकारले गर्ने कामका विषयमा समेत बोलिरहेका छन्। पार्टीले सरकारलाई चेक एण्ड ब्यालेन्स गर्ने भनिरहेका रविले चितवनमा सम्बोधन गर्दै गर्दा रास्वपाभित्रको आन्तरिक मतभेद समेत खुलिरहेको छ ।


