News 24 Television
बाजुरामा ‘फार्म टु फेसन’ क्लाइमेट अवेयरनेस रनवे २०२६ सम्पन्न

बाजुरा । जलवायु परिवर्तन, स्थानीय उत्पादन, सांस्कृतिक संरक्षण तथा दिगो पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले बाजुरामा आयोजना गरिएको ‘फार्म टु फेसन–क्लाइमेट अवेयरनेस रनवे २०२६’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

KASA को पहल तथा Threads of the Himalayan Foundation को आयोजनामा नोभेम्बर ४, २०२६ मा सम्पन्न उक्त कार्यक्रमले फेसन, जलवायु सचेतना, सांस्कृतिक संरक्षण, ग्रामीण सशक्तीकरण र दिगो पर्यटनलाई एउटै मञ्चमा जोडेको आयोजकले जनाएको छ।

Bajura-5-1793956688.jpg
कार्यक्रममार्फत नेपालको हिमाली क्षेत्रमा भेडापालन तथा स्थानीय ऊनको सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने प्रयास गरिएको थियो। यसले स्थानीय किसान, स्थानीय सीप, महिला तथा लघु उद्यमशीलता र फेसन उद्योगबीच सम्बन्ध स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको आवाजलाई उजागर गर्दै दिगो उत्पादन, प्राकृतिक स्रोतको संरक्षण र स्थानीय ज्ञानको महत्त्वलाई कार्यक्रमले विशेष प्राथमिकता दिएको थियो। साथै, बाजुरा तथा सुदूरपश्चिम क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र पर्यटन सम्भावनालाई विश्वसामु चिनाउने अवसरसमेत सिर्जना गरेको आयोजकको भनाइ छ।

Bajura-1793956715.jpg
Threads of the Himalayan Foundation की संस्थापक तथा KASA की सञ्चालक रिमिला मेन्कुल श्रेष्ठले अभियानले फेसनलाई सामाजिक परिवर्तन, अवसर सिर्जना र स्थानीय स्रोतसँग जोड्ने उद्देश्य राखेको बताइन्। उनले किसान, स्थानीय हस्तकला, महिला उद्यमी र विश्व फेसन बजारबीच पुल निर्माण गर्ने दीर्घकालीन दृष्टिकोण रहेको उल्लेख गरिन्।

कार्यक्रम सफल बनाउन BYD, LAMINAR, FAO, CHN, MM Group, Lemon Tree, Summit Air, Sita Air र Buddha Air लगायतका संस्थाले सहयोग गरेका थिए। कार्यक्रममा विभिन्न साझेदार, कलाकार, मोडल, डिजाइनर, स्थानीय समुदाय तथा सहयोगीहरूको सहभागिता रहेको थियो।

Bajura-4-1793956735.jpg
‘भेडापालनदेखि अन्समसम्म, ऊनदेखि फेसनसम्म र फेसनदेखि जलवायु सचेतनासम्म’ भन्ने सन्देशसहित सम्पन्न कार्यक्रमले स्थानीय स्रोतसाधनको उपयोग, वातावरण संरक्षण र हिमाली समुदायको आर्थिक तथा सामाजिक सशक्तीकरणमा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २०, २०८३  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update