कैलाली । कैलाली निर्वाचन क्षेत्र न. २ समग्र सुदूरपश्चिम प्रदेशको प्रवेशद्धार हो । तर, यो क्षेत्रमा सार्वजनिक जग्गाको अभावले ठुल्ठुला कार्यक्रम, मेला महोत्सव र गोष्ठीहरु गर्न निकै कठिनाई हुने गरेको छ । कैलाली क्षेत्र न.२ को समस्यालाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेश सरकारले २ हजार व्यक्ति अट्ने क्षमताको सिटीहल निर्माण प्रक्रियाको शुरुवात गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले २ हजार व्यक्ति अट्ने क्षमताको सिटीहल निर्माण गर्ने भएको छ । बुधवार सुदूरपश्मि प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले कैलाली क्षेत्र न.२ को केन्द्र विन्दुमा रहेको लम्कीचुहामा सिटीहल र संग्रालयको शिलान्यास गरेका छन् ।
बर्दगोरिया गाउँपालिका,मोहन्याल गाउँपालिका र जानकी गाउँपालिकाको विचमा पर्ने लम्कीचुहा नगरपालिकामा सिटीहल निर्माण गर्न लागेको हो ।
मुख्यमन्त्री कमलबहादुर शाहले कैलाली क्षेत्र न.२ मा इतिहासकै सबैभन्दा बढी बजेट आफुले विनियोन गर्न सफल भएको जिकिर गरेका छन् । ’मुख्यमन्त्री शाहले कैलाली २ का जनताले दिएको माया,विश्वास,शक्ति र स्नेहले कैलाली क्षेत्र न.२ भित्रका ४ वटा पालिकाका जनप्रतिनिधीहरुले विकास निर्माणका कार्यहरुको फेरेहस्त देखाउन सक्ने आफुले बनाएको बताए ।
पछिल्लो समयमा कतिपय संग्रालयहरु खण्डर बन्दै गइरहेको प्रसंग निकाल्दै मुख्यमन्त्री शाहले पुर्वपश्चिम महेन्द्र राजमार्गमा यात्रा गर्ने यात्रुहरुलाई एक छिन मात्रै भएपनि विश्राम गर्ने व्यवस्था सहितको संग्रालय निमार्ण गर्न थालिएको बताएका छन् ।
निमार्ण व्यवसायीलाई छिटो काम सकाउन निर्देशन दिदै मुख्यमन्त्री शाहले सिटीहल र संग्रालय समय अगावै निर्माण सकाए प्रदेश सरकारले सम्मान गर्ने समेत बताएका छन ।
कैलाली क्षेत्र न.२ ले मुख्यमन्त्री पाएपश्चात सबै क्षेत्रको विकास निर्माणमा परिणाम देखिने गरि काम हुन थालेको जनप्रतिनिधीहरुको भनाइ छ । लम्की सबै पालिकाको केन्द्र र महेन्द्र राजमार्ग संगै जोडिएकाले यसको लाभ धेरैले लिन पाउने छन् ।
१३ करोड १ लाख ९६ हजार २१६ रुपैयाँमा गोरखनाथ÷पुर्वपश्चिम÷ निदी जेभी काठमाण्डौले सिटीहल र संग्रालय निमार्णको लागी सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालयको शहरी विकास तथा भवन कार्यालय धनगढी संग गत असोज २ गते सम्झौता गरेको थियो । सिटीहल र संग्रालयको २०८४ सालको असोज ३० गते निर्माण सम्पन्न गुर्न पर्नेछ ।
