News 24 Television
चुनौतीको पहाड छिचोलेकी सुशीला, लेखिँदैछ स्वर्णिम अक्षरमा नाम !

काठमाडौँ । भदौ २३ र २४ को जेनजी आन्दोलन सामान्य थिएन, जुन आन्दोलनले तत्कालीन सरकार ढल्यो । दलहरुलाई अस्थित्वहीन र राज्यलाई नै राजनीतिक सुन्यताको अवस्थामा पु¥यायो । 

अकस्मात भएको यो आन्दोलनको पूर्वानुमान सरकार र सुरक्षा संयन्त्रले समेत गर्न सकेन । जसले दलका नेता र सत्ताका नेतृत्वकर्ताहरुनै भागदौडको अवस्थामा पु¥यायो । यो संकटका बेला मुलुकको अभिवभावकीय ओहोदामा पूर्वप्रधानन्याधीश सुशीला कार्की प्रधानमन्त्रीको रुपमा चयन भइन् । 

उनको प्रधानमन्त्रीत्वबाट व्यवस्था र संविधानको परिवर्तन भन्दा पनि प्राप्त उपलब्धिको रक्षा गर्दै मुलुकमा नयाँ म्याण्डेटको सृजना गराउने अपेक्षा गरियो । जुन परिस्थितिमा उनको एउटै कर्तव्य बन्यो, फागुन २१ मा हरहालत आम निर्वाचन गराउने । तर उनले प्राप्त गरेको यो जिम्मेवारी कसरी पूरा गर्लिन् ? उनीबाट यो सफलता प्राप्त होला ? भन्ने आमप्रश्न र शंका उठेका थिए ।  तर यो शंका चिरिन र उनको सफलता प्राप्त हुन अब धेरै समय बाँकी छैन । 

अब निर्वाचन सम्पन्न हुन एक दिन मात्रै बााकी छ । यदी यो सीमाभित्र निर्वाचन सम्पन्न भएमा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार वृहत्त सफल भएको मानिनेछ ।  

चुनौतीलाई चिरेकी सुशीला !

जेनजी आन्दोलनपछि भदौ अन्तिममा राजनीतिक सुन्यताका बेला प्रधानमन्त्री बनेकी सुशीला कार्कीको सामुन्ने कम चुनौती थिएनन् । प्रथमतः उनका लागि राजनीतिक दलहहरु, जेनजीको समूह र सुरक्षाको विषयहरु नै प्रमुख चुनौती थिए । निर्वाचनको मिति तय भएपनि दलहरुको असहमति, जेनजी समूहको मत विभाजन र सुरक्षाकर्मीहरुको गिरेको मनोवलका कारण पनि निर्वाचन सम्पन्न हुनेमा शंका नै थियो। 

तर प्रधानमन्त्री कार्की यो चुनौतीलाई समान्यीकरण गर्दै सफलतातर्फ उन्मुख भएकी छन् । उनले तत्कालीन सत्ताको नेतृत्वकर्ता एमालेले निर्वाचन हुनै नसक्ने भनिरहेपनि पटक–पटकको छलफल मार्फत सबै दलहरुलाई निर्वाचनमा आउने वतावरण सृजनमा गरिन् । 

उता एमाले र काँग्रेले संयुक्त रुपमै संसद पुनस्थापना गराउने प्रयास गरेका थिए । जुन प्रयासलाई पनि प्रधानमन्त्री कार्कीले छलफल र संवादमार्फत नै निर्वाचनको वातावरण निर्माण गरेर त्यसलाई रोक्न सफल भइन् ।  त्यसको प्रतिफल नै अबको सफल निर्वाचन हो  ।

अबको बाटो !

अब निर्वाचनपछि प्राप्त म्याण्डेटकै आधारमा दलहरुको हैसियत कायम हुनेछ भने, संविधान अनुसार नै सरकार गठन हुने छ । सो सरकारले जेनजी आन्दोलनका माग पूरा गर्नुका साथै विगतकोजस्तो राजनीतिक अस्थिरता र अन्योलताको अन्त्य गराउने अपेक्षा गरिएको छ । 

ठूलो आन्दोलन र परिवर्तनमार्फत आएको यो परिणामले मुलुकको भविष्य सकारात्मकफर्त मोडिने विश्वास पनि गरिएको छ । अब आउने सरकार र संसदले विगतका राजनीतिक दुर्वलतालाई सच्याएर समृद्ध नेपालको बाटो पछ्याउनेमा आम जनतासमेत आशावादी छन् । यदी जनताको यो आशा पूरा भएमा प्रधानमन्त्री सुशीला कार्की मुलुकको पहिलो महिला प्रधानमन्त्री मात्रै होइन, मुलुकको एक महान आमाको पहिचानसहित ऐतिहासिक बन्नेछिन् ।
 

प्रकाशित मिति: बुधबार, फागुन २०, २०८२  २०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update