काठमाडौँ । नेकपा एमालेको जज्जास्पद हारपछि नेताहरु तितरवितर अवस्थामा पुगको छन् । फागुन २१ मा सम्पन्न निर्वाचनमा नेकपा एमाले कम सिटसहित तेस्रो स्थानमा खुम्चिएको छ । निर्वाचनको अन्तिम मत परिणाम अनुसार एमालेले प्रत्यक्षमा ९ र समानुपातिकमा १६ गरेर जम्मा २५ सिटमा जित हासिल गरेको छ । यो हारपछि नै एमाले नेताहरु एकअर्कामा आरोप प्रत्यारोपमा उत्रिएका हुन् ।
मुख्यतः एमालेभित्र निर्वाचन मत परिणामलाई लिएर गहन समीक्षा गरिनुपर्ने विषय चर्को रुपमा उठिरहेका छन् । पार्टी उपाध्यक्ष विष्णु पौडेल, पार्टी उपमहासचिव योगेश भट्टराई, अन्य नेताहरु सुरेन्द्र पाण्डे, गोकुल बास्कोटा लगायतले पार्टीमा गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याइरहेका छन् । कतिपय नेताहरु पार्टीको नेतृत्व र नीति नै अस्वीकृत भएको भन्दै्र नेतृत्व परिवर्तन गर्नुपर्ने निश्कर्षमा पुगेका छन् । नेताहरुको यो बुझाइले पार्टी अध्यक्ष केपी शर्मा ओली समेत दावाबमा छन् । यहीबीच शनिबार एमालेको सचिवालय बैठक गुण्डुमा बसेको थियो ।
सो बैठकमा पनि पार्टीको हारको विषयमा छलफल भएको बुझिएको छ । तर यो बैठकमा नेताहरुले जेनजी आन्दोलनको सम्बन्धमा सही जानकारी जनतामा पु¥याउन नसकेको र नेतृत्वविरुद्ध गलत सन्देश प्रवाह भएकै कारण पार्टीले गम्भीर हार व्यहोरेको चर्चा भएपछि एमालेमा अझ आरोप प्रत्यारोप बढेको छ । पार्टी बैठकमा एमालेका धेरैजसो नेताहरुले नेतृत्वमाथिको गलत प्रचारकै कारण पार्टीले ठूलो पराजय भोगेको बताएका थिए ।
तर, पार्टीका सबै नेताहरु भने यो निश्कर्षमा सहमत छैनन् । नेता सुरेन्द्र पाण्डे पार्टीको हारकाबीच त्यस्तो टिप्पणी गरिनु जनताको विवेकमाथिको अपमान भएको टिप्पणी गर्छन् । उनले सामाजिक संजाल फेसबुकमै स्टाटस लेखेर जनताले मतपत्रबाट सुनाएको कठोर फैसलालाई धम्की दिइनु गलत हुने तर्क गरेका छन् । उनले फेसबुकमा भनेका छन्, ‘एमालेको पूर्ण संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्ने बेला आइसकेको छ । यस्तो गम्भीर मोडमा पनि ‘सबै ठीक थियो, हामीलाई त फसाइयो’ भन्ने निष्कर्ष निकाल्नु आफैँलाई धोका दिनु हो । मानौँ, कसैले फसायो होला, अन्तर्घात भयो होला – तर अन्तर्घातले ५ – १० हजार मत तल–माथि होला । तर ४०–५० हजारको मतान्तरलाई “फसाइएको“ भनेर व्याख्या गर्नु जनताको विवेकको अपमान हो ।’
नेता पाण्डेले एमालेको हारलाई कुनै षड्यन्त्र नभइ वर्तमान नेतृत्वको पद्धति र हठलाई जनताले पूर्ण रूपमा अस्वीकार गरेको सन्देशका रुपमा बुझ्न आग्रह गरेका छन् । यो अवस्थमा पनि अझै पालो आउँला भन्दै बसिरहनु पार्टी र देशका लागि घातक हुने पाण्डेले प्रष्ट पारेका छन् ।
गोकुल र शेरबहादुरको टकराव उस्तै !
पार्टी पराजयको विषयमा एमालेकै दोस्रो तहका नेताहरु गोकुल बास्कोटा र शेरबहादु तामाङबीच पनि दोहोरी चलेको छ । पार्टीको हारपछि पूर्वमन्त्रीसमेत रहेका गोकुल बास्कोटाले नेतृत्वको आलोचना गरेका थिए । यसपछि उनीमाथि टिप्पणी गर्दै पूर्वकानूनमन्त्रीसमेत रहेका शेरबहादुर तामाङले पनि आफ्नै क्षेत्र जोगाउन नसक्नेले नेतृत्वमाथि आलोचना गर्नु नसुहाउने भनेर जवाफ फर्काएका थिए । यसपछि गोकुलले जवाफमा शेरबहादुरलाई अवसरवादी र स्वार्थी नेताको आरोप लगाएका छन् । उनले फेसबुकमै भनेका छन्, ‘शेरबहादुर तामाङजी म माथि सार्वजनिक रुपमा जाई लगेछन । म तपाईं जस्तो फगत आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने मात्र होईन, पटकपटक पार्टी नै फुटाउनसमेत पछि नपर्ने चरम अवसरवादी पात्र होईन ।’
एमालेभित्र देखिएको यो तहको आन्तरिक विवादले पार्टीलाई अझै कमजोर बनाएको बनाउने खतरा बढेको छ ।
ओलीको सुरक्षा कवचमा महेश
एमाले सचिव महेश बस्नेत जेनजी आन्दोलनपछि अध्यक्ष ओलीको प्रमुख रुपमा सुरक्षा कवचको रुपमा उभिएका छन् । उनीको अगुवाइमा ओली गुण्डुबाट सर्वाजनिक भएका थिए भने, महेशले नै ओलीका लागि आवासको बन्दोबस्ती गरिदिएका छन् । यस्ते निर्वाचन पराजयपछि नेतृत्वमा ओलीको विकल्प खोजिनेपर्ने आवाजलाई पनि महेशले कडा प्रतिवाद गरिरहेका छन् ।
अर्कोतर्फ ओलीमाथि सबैभन्दा ठूलो चिन्ता जेनजी आन्दोलनको प्रतिवेदनको विषय पनि हो । सो प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री ओलीलाई दोषी करार गरेर कारवाहीको सिफारिस गरिएको विषय चर्चामा छ । यद्यपि यो प्रतिवेदन सार्वजनिक भएको छैन । तर यो विषयले एमाले पङ्ति झनै त्रसित भएको छ । यदी प्रतिवेदनले ओलीलाई दण्डित गर्न सिफारिस गरे मुलुकमा द्वन्द्व आरम्भ हुुने चेतावनी स्वयम महेश बस्नेतले दिइरहेका छन् ।
शनिबारको पार्टी बैठकपछि पनि महेशले यो चेतावनी दोहो¥याए । यो आधारले पनि एमाले निर्वाचनमा कजोर हुँदाको पीडामा मात्रै नभइ, प्रतिवेदनले ओलीलाई कारवाही सिफारिस गरे के गर्ने ? भन्ने चिन्तामा रहेकोसमेत प्रष्ट छ ।
