News 24 Television
टोखा दाहालगौंडा क्षेत्रको अतिक्रमित जग्गा खाली गराइयो

काठमाडौं । यहाँको टोखा नगरपालिका- ७ स्थित दाहालगौंडा क्षेत्रको अतिक्रमित जग्गा काठमाडौं उपत्यका विकास प्राधिकरणले खाली गरेको छ ।

स्थानीय जनप्रतिनिधिसहितको संलग्नतामा अतिक्रमण भएको झण्डै ४ रोपनी क्षेत्रफलको जग्गामा भएका घरटहराहरु प्राधिकरणले सोमवार डोजर लगाएर हटाएको हो ।

647e4406-f693-44b8-b5a1-93be8aaa19d5-1774278152.jpg
यसअघि पनि प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त इन्जिनियर सुवास बस्नेतले अग्रसरता देखाएका थिए । तर जनप्रतिनिधिकै सेटिङमा बस्नेतलाई सरुवा गरिएको थियो । बस्नेतले गत भदौ ३१ गते उक्त अतिक्रमित क्षेत्र खाली गर्ने प्रयास स्वरुप काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई सुरक्षाको प्रबन्ध मिलाइदिन आग्रह गरेका थिए ।

टोखा नगरपालिका- ७ का वडाध्यक्ष नरोत्तम रानाले सरकारी जग्गा अतिक्रमण गरी घर-टहरा बनाई भाडामा लगाउँदै आएका थिए । सार्वजनिक जग्गा अतिक्रमणको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चासो देखाउँदै आएको छ । अख्यिारमा परेको उजुरीका आधारमा आयोगले टोखा नगरपालिकाको कार्यालयलाई जग्गा अतिक्रमण सम्बन्धमा रायसहितको कागजात बुझाउन भन्दै पटक पटक ताकेता गर्दै आएको थियो ।

2b89bdfa-679e-4d5e-9865-84526648716f-1774278132.jpg
पटक पटक ताकेता गर्दा पनि नगरपालिकाले कागजात नबुझाउँदा छानबिन कार्यमा बाधा पुगेको भन्दै अख्तियारले पछिल्लो पटक जेठ २२ गते छैठौंपटक पत्राचार गरेको थियो । राजनीतिक दलको संरक्षणमा रानाले हडप्दै आएको उक्त जग्गा सोमबार प्राधिकरणले डोजर लगाएर खाली गराएको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका जिल्ला आयुक्त सुनिता श्रेष्ठले मापदण्डविरितका भौतिक संरचनाहरु हटाउन लागिएको भन्दै नगरपालिका र नगरप्रहरीलाई असहजीकरणका लागि पत्राचार गरेकी थिइन् ।

4eb4a93f-b115-41ba-83d5-d0d8f0ff401b-1774278174.jpg
 

प्रकाशित मिति: सोमबार, चैत ९, २०८२  २०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update