काठमाडौँ । मुलुकको ४३ औँ प्रधानमन्त्रीमा नियुक्त बालेन शाहले सुशासन, विकास र नीतिगत सुधारका लागि शाहसिक कदम चालेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएलगत्तैदेखि एक्सन थालेका बालेनका कदम शाहसिक र सराहनीय देखिन्छन् । प्रथमतः उनले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमै आँट देखाए ।
जेनजी आन्दोलन घटनाका छाननविन गर्न गठिन प्रतिवेदनले कारवाही सिफारिस गरेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरि अनुसन्धानको दायरामा ल्याउनु नै वर्तमान सरकारको प्रमुख चुनौती थियो । तर उनले यसलाई सफल बनाएका छन् । संगठित दल र निर्वाचन अघि शक्ति जमाएर बसेको एमालेको नेतृत्वलाई नै पक्रउ गरेर अनुसन्धान गर्नु बालेन सरकारका लागि चुनौती नै थियो ।
नेपाली राजनीति र साशनको सन्दर्भमा कानूनी राज्य भए पनि अहिलेसम्म शीर्ष नेतृत्वसम्म अनुसन्धान र कारावही पुग्न सकेको थिएन । तर अब बालेन सरकारले भने कानूनी समानताको उदाहारण पेश गरेको छ । अदालती फैसला जे–जस्तो आएपनि हालका लागि केपी ओली र रमेश लेखकमाथि अनुसन्धान आरम्भ भएको छ ।
केन्द्रमा जनसेवा
बालेन नेतृत्वको सरकारले जनसेवालाई सर्वोच्च मानेको छ, भने भ्रष्ट्राचारलाई प्रधान सत्रुको रुपमा परिभाषित गरेको देखिन्छ । भर्खरै सार्वजनिक शासकीय सुधारका लागि सरकारका सय कार्यसूचीले नै जनताको सेवालाई प्रधान र भ्रष्टाचारलाई सत्रुको रुपमा देखाएको प्रष्ट छ, जसमा सरकारको प्रमुख कार्यसूची :
१, २०४८ सालदेखि हालसम्म उच्च पदमा रहेका नेता र उच्च पदस्थ कर्मचारीहरुको सम्पत्ति छानविन गर्ने,
२, विद्यालय तथा विश्वविध्यालय हाताभित्रका सक्रिय दलिय संगठनहरु ६० दिनभित्र खारेज गरि ९० दिनमा स्टुडेन्ट काउन्सिल र भ्वाइस अफ स्टुडेन्ट संयन्त्रको विकास गर्ने,
३, वास्तविक सुकुम्बासीको पहिचान गरि हजार दिनमा समस्या समानधान गर्ने,
४, मन्त्रालय घटाएर १७ मा ल्याउने,
५, सरकार र नीजि अस्तालका १० प्रतिशत बेड गरीब र विपन्नका लागि अनिवार्य निःशुल्क गर्नुपर्ने, लगायत छन् ।
भ्रष्ट्राचारको अनुसन्धान खड्काबाट सुरु
सरकारले आफ्नो सय कार्यसूचीमै भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनाका लागि ३ दशक बढी देखि सत्तामा रहेका नेता र उच्च कर्मचारीको समेत सम्पत्ति छानविन गर्ने भनेर प्रष्ट भनेको छ । सो घोषणा गरेको केही दिनमै सरकारले नेताहरुलाई धमाधम अनुसन्धानमा ल्याएको छ । आईतबार बिहान मात्रै नेपाली काँग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्का सम्पत्ति सुद्धिकरण मुद्धामा पक्राउ परेका छन् ।
उनलाई सीआईबीले महाराजजगञ्जबाट पक्राउ गरेको हो । उनको पक्राउपछि गृहमन्त्री सुदन गुरुङले फेसबुकमा पक्राउपूर्जी सार्वजनिक गर्दै मुलुकी फैजदारीसहिंता २०७४ को अनुसूची ९ को दफा ९ उपधारा ६ अनुसार पक्राउ पूर्जी जारी गरिएको उल्लेख गरेका छन् । प्रहरीका अनुसार खड्कालाई गत भदौ २४ को जेनजी आन्दोलनको क्रममा खड्काको घरबाट रकम बरामद भएकोले अनुसन्धान गर्न उनलाई पक्राउ परिएको हो ।
विगतको सरकारले शक्तिको आधारमा अनुसन्धान र अभियोजन गर्ने गरेको आरोप लाग्दै आएको थियो । तर बालेन नेतृत्वको यो सरकारले भने सुरुकै दिनदेखि दल र शक्ति नहेरी सबै आरोपितलाई कानूनी कारवाही गर्न धमाधम पक्राउ गर्ने नीति लिएको छ ।
