काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचनमा झण्डै दुई तिहाइको मत प्राप्त गरेर संसद प्रवेश गर्दा पनि अझै प्रश्नरहित बन्न सकेन । निर्वाचन सम्पन्न भएपछि रास्वपा नेतृत्वमा सरकार गठन भइसकेको छ । तर सडक र सदनमा भने रास्वपाप्रति निर्वाचन अघिका वितण्डका विषयमा अनेक प्रश्न र आशंका अझै हटेका छैनन् । मुख्यतः भदौ २३ र २४ को जेनजी आन्दोलनको घटना र श्रृखलाको विषयमा रास्वपा प्रश्नरहित बन्न नसकिरहेका हो ।
बिहीबारको संसदको पहिलो बैठकमा यीनै विषयलाई लिएर रास्वपामाथि अनेकौँ प्रश्न र आशंका उठेका छन् । मुख्यत रास्वपा संसदमा नम्र र सन्तुलित भएर पेश हुँदा उसकाविरुद्ध भने अन्य दलहरु निर्मम रुपमा प्रस्तुत भएका छन् । अर्कोतर्फ एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस नेता रमेश लेखकको पक्राउको विषयमासमेत सरकारमाथि प्रश्न उठाइएको छ ।
रास्वपामाथि हमला
निर्वाचनमा पराजित काँग्रेस र एमालेले रास्वपालाई संसदमा अनेकौँ गम्भीर आरोप लागएका छन् । जसमा एमालेले रास्वाको जितलाई अवैध र नियोजितसम्म भनेको छ ।
यतिमात्रै होइन, रास्वपाको जितमा एमालेले नेपाली सेना, कर्मचारीतन्त्र, एनजीओ लगायतको निर्णायक भूमिका रहेकोसमेत आरोप लगाएको छ ।
तुलनात्मक रुपमा नेकपा एमाले भन्दा नम्र पेश भएको नेपाली काँग्रेसले पनि संसद भवन, सिहंदरबार, सर्वोच्च अदालत, मन्त्रिक्वाटर, राष्ट्रपति कार्यालय तथा अन्य सरकारी र नीजी निवासमा आगजनी हुनुमा रास्वपाकै प्रत्यक्ष अप्रत्यक्ष संलग्नता रहेको भनेको छ ।
संसदमा रास्वपाको विशाल शक्ति र उसकै सरकार गठन हुँदा पनि एमाले र काँग्रेसले रास्वपालाई प्रश्न र खबरदारीमार्फत सचेत गराइरहेका छन् । जेनजी आन्दोलनमा व्यक्तिगत र सरकारी सम्पत्तिको ठूलो क्षति भएको छ । यही आन्दोलनको जगमार्फत रास्वपा सत्तामा पुगेकाले अब राज्य निर्माणको प्रमुख दायित्व बालेन नेतृत्वको सरकारले नै बोकेको छ ।
यो अर्थमा पनि सबै भौतिक संरचनाको पुनः निर्माण गर्दै राज्यलाई सम्मुन्नत दिशामा लौजान रास्वपा सरकार नै जिम्मेवार हुनुपर्नेछ । नत्र जेनजी आन्दोलन र विध्वंशको आरोपमै भोली जनताले जनमतबाट रास्वपालाई पनि काँग्रेस एमालेकै हालतमा नपु¥याउँलान् भन्न सकिने अवस्था छैन ।
