काठमाडौँ । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली चेत १४ गते विहान पक्राउ परे । भदौ २३ र २४ को जेनजी आन्दोलन घटनामाथि छानविन गर्न बनेको आयोगको प्रतिवेदनको सिफारिस अनुसार ओली पक्राउ परेका थिए । उनी पक्राउ परेको १२ दिन भइसकेको छ । तर अदालतमा दिएको बन्दी प्रत्यक्षीकरणको सुनुवाई गर्दै सर्वोच्चले ओलीमाथिको अनुसन्धान बिहीबार अर्थात भोलिसम्ममा सक्न आदेश दिएको छ । सर्वोच्चको आदेश अनुसार ओली भोलिसम्ममा हिरासतमुक्त हुँदैछन् ।
ओली १२ दिनसम्म प्रहरी नियन्त्रणमा रहेपनि स्वास्थ्य समस्यका कारण अस्पतालमै रहेर चिकित्सकको निगरानीमा उपचाररत छन् । ओलीलाई अस्पताल भर्ना भएकै अवस्थामा भर्चुअल माध्यममार्फत अदालतमा उपस्थित गराइएको थियो । पक्राउपछि ओलीको मुटुको धड्कन बड्ने, उच्च रक्तचाप र पित्तथैलैमा पत्थरीयाको समस्या देखिएको चिकित्सकले बताएका थिए । यसअघि २ पटक किड्ने प्रत्यारोपण गरिसकेका ओलीको मल्टिपल स्वास्थ्य समस्याका भएको भन्दै अस्पतालले उच्च निगरानीमा राखिनुपर्ने सुझाव दिएको छ ।
ओलीको पछिल्लो अवस्था के छ ?
चिकित्सकहरुका अनुसार ओलीको पछिल्लो स्वास्थ्य अवस्था सुधारउन्मुख छ । अस्पतलामा रहँदा ओली आफूलाई भेट्न आउने नेता तथा कार्यकर्तासँग छलफल गर्ने गरेका छन् । तर ओलीलाई पित्तथैलीको पत्थरीले भने सताएको छ । हिरासतमै रहेका बेला गरिएको स्वास्थ्य परीक्षणमा ओलीमा २२ एमएमको पत्थरी रहेको देखिएको थियो । यसपछि ओली उक्त समस्यालाई निराकरण गर्न शल्यक्रिया गर्ने मुडमा रहेको बताइएको छ ।
यद्यपि चिकित्सकहरुले तत्काल शल्यक्रिया गर्नका लागि निर्णय दिएका छैनन् । ओलीको मल्टिपल स्वास्थ्य समस्याका कारण जोखिम हुने भन्दै डाक्टरहरुले तत्काल शल्यक्रिया गर्नबाट रोकेका छन् । सम्भवतः ओलीको शल्यक्रिया गर्ने वा नगर्ने भन्नेबारे आज चिकित्सकहरुले निर्णय दिँदैछन् । यसअघि पनि मुटुको घड्कन बढ्ने समस्या देखिएपछि शल्यक्रिया नगर्न सुझाव दिइएको थियो ।
अदालतको आदेश आए पनि भोलि डिस्चार्ज नहुने
ओलीको रिहाको लागि अदालतले आदेश जारी गरेपनि अस्पतलामा रहेका ओली बिहीबार अस्पतालबाट डिस्चार्ज हुने छैनन् । अस्पताल श्रोतका अनुसार ओली अहिले पनि एनेक्स–१ स्थित भिभिआईपी क्याविन नं ५०१ मा उपचाररत छन् । उनको रगतमा देखिएको संक्रमण नियन्त्रणका लागि एन्टिबायोटिक औषधीको कोर्ष अझै जारी रहेको छ । यो औषधिको डोज शुक्रबार मात्रै सकिनेछ । जुन कोर्ष पूरा नगरी डिस्चार्ज गर्न नमिल्ने चिकित्सकहरुले बताएका छन् ।
ओली अस्पताल हुँदा पार्टी संकटमा
ओली हिरासतमा रहँदा एमालेभित्र भने पार्टीको विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान चलेको छ । इतर पक्षका नेताहरुले निर्वाचन पराजयको नैतिजक जिम्मेवारी लिन भन्दै नेतृत्वमाथि दवाव बढाएका छन् । सो पक्षले विशेष महाधिवेशनका लागि गरेको अभियानमा ४ सय जनाले हस्ताक्षर गरिसकेका छन् । तर यस्तोमा कार्यावाहक अध्यक्ष रामबहादुर थापा बादले भने विशेषमहाधिवशेन माग गर्ने पक्षलाई बोलाएर मंगलबार छलफल गरे ।
बादलले बुद्धिजीवि परिषदका अध्यक्ष गजेन्द्र थपलिया, अनेरास्ववियुका उपमहासचिव कमल जोशी र अर्का उपमहासचिव उपेन्द्र शाहीसँग पार्टी कार्यालयमा बोलाएर हस्ताक्षर अभियान रोक्न आग्रह गरेका थिए । तर पार्टीबाटै विशेष महाधिवेशनमा जाने निर्णय भए हस्ताक्षर अभियान स्वतः रोकिने जवाफ उनीहरुले दिएका छन् । यसरी ओलीको अनुपस्थिति हुँदा एमालेमा विभिन्न असन्तुष्टि सुनिएको प्रष्ट छ । तर अब अदालतको आदेशसँगै ओली रिहा भएपछि पार्टीको विवाद शाम्य हुने कार्यकर्ताले अपेक्षा गरेका छन् ।
