News 24 Television
रास्वपाले आँफैले आँफैलाई कसरी छानबिन गर्ला ? रवि भन्छन्– घेरामा परिसक्यौँ

काठमाडौँ । रास्वपा नेतृत्वको सरकारले २०४८ साल यताका उच्च पदमा पुगेका पदाधिकारीहरुको दुई चरणमा सम्पत्ति छानविन गर्ने भइसकेको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्व रहनेगरी छानविन आयोग गठन गरेको छ । जुन आयोगले पहिलो चरणमा २०६२–६३ साल यता उच्च पदमा बसेको नेता तथा कर्मचारीको सम्पत्ति छानविन गर्नेछ । 

सरकारको यो निर्णयसँगै वर्तमान मन्त्रिपरिषद  र नव निर्वाचित रास्वपाकै सांसदहरुको सम्पत्ति छानविन होला वा नहोला ? भन्ने प्रश्न पनि उठिरहेका छन् । किनकी वर्तमान सरकारका मन्त्रीहरुले सम्पत्ति विवरण पेश गर्दा नै अनपेक्षित र ठूलो मात्रामा विवरण पेश गरेका छन् । कतिपय मन्त्रीहरुको सम्पत्तिको श्रोतमै आशंका व्यक्त गरिएको छ भने, प्रचलित कानून अनुसारको हदभन्दा बढीको जग्गा रहेको पनि देखिन्छ । तर यो विषयमा सरकारले आँफै गठन गरेको आयोगले आफैँलाई कसरी छनविन गर्ला ? यदि छानविन गरेपनि के त्यो छानविन पारदर्शी होला ? भन्ने प्रश्न उठेका छन् । 

यस्तोमा सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भने भ्रष्टाचार छानविन आयोगको दायरमाा आफूहरु पनि परिसकेको बताएका छन्। रविले अबको छानविन आयोगले आफू लगायत सरकारका मन्त्रीहरुको पनि छानविन गर्ने दावी गरेका छन् । 

रास्वपाले दल स्थापना हुँदा नै सुशासन स्थापनार्थ विगतमा उच्च पदमा बसेका सबै नेतादेखि कर्मचारीको सम्पत्ति छानविन गर्ने एजेण्डा तय गरेको थियो । जसअनुसार नै निर्वाचन अघि पनि रास्वपाले यही एजेण्डलाई जनतामाझ प्रतिज्ञपत्रको रुपमा लगेको थियो । र, निर्वाचन परिणाम आफ्नो पक्षमा आएपछि रास्वपाले आफ्नै प्रतिबद्धतालाई कार्यान्वयनमा लान खोजेको छ । तर यो कदमले रास्वपा आँफैलाई पनि केहीहदसम्म अफ्ठ्यारो पर्ने देखिन्छ । किनकी सरकारका मन्त्रीहरुले आफ्नो सम्पत्तिको आयश्रोत देखाउन नसकेमा आफै दण्डित हुनेपर्ने अवस्था आउने छ । उता रास्वपाले पारदर्शीताकै लागि आफ्ना सांसदहरुको समेत सम्पत्ति खुलाउनुपर्ने बाध्यात्मक अवस्था नीति अबलम्बन पनि गर्दैछ ।  

भ्रष्टाचारको जरा उखेल्ने रविको प्रतिबद्धता 

यो वर्षलाई प्रमुख रुपमा भ्रष्टाचारविरुद्धको अभियान राज्यतहबाटै संचालन गर्ने रास्वपाको तैयारी छ । पार्टी सभापति रवि लामिछानेले बैशाख १ गते नयाँ वर्षको शुभकामना दिँदा नै यो वर्ष भ्रष्टाचारविरुद्धको अभियनमा केन्द्रीत रहने संकेत गरेका थिए । उनले फेसबुकमा भनेका थिए, ‘खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्त्ति मिलोस् ।’ सत्तारुढ दल रास्वपाको हैसियतमा रहेका बेला रविले दिएको यो अभिव्यक्तिलाई पुराना वा नयाँ सबै दलका नेताहरुमाथि छानविन गर्ने विषयलाई नै इंगित गरेको छ । यसै विषयमा थप प्रष्टिकरण दिएका सभापति रविले विगतको राजनीतिबाट हुने गरेका बेथिती, भ्रष्टाचार र कुशासनलाई नै खीलको रुपमा लिएको व्याख्या गरेका छन् । 

वर्तमान सरकारले भ्रष्टाचारमक्त देश निर्माणका लागि राजनीतिक अभियान थालेता पनि धेरैले निश्पक्ष छानविन र कारवाही दोषीमाथि हुनेमा भने शंका व्यक्त गर्दै आएका छन् । सत्तपत्ति सुद्धिकराणको मुद्धामा पक्राउ पूर्जी जारी भएका काँग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा अझैसम्म पक्राउ पर्न नसक्नु तथा पक्राउ परेका पूर्वमन्त्री दीपक खड्कामाथि पनि उचित अनुसन्धान हुन नसकी रिहा हुनुले पनि यो कदममा सरकार पूर्णत सफल हुनेमा शंका नै देखिन्छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ४, २०८३  १९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update