News 24 Television
तीर्थराज पाण्डेयको 'श्रीमती' उपन्यास अमेरिकामा विमोचन

काठमाडौँ । अमेरिकामा बस्दै आउनुभएका लेखक तथा साहित्यकार तीर्थराज पाण्डेयले लेख्नुभएको श्रीमती नामक उपन्यासको विमोचन गरिएको छ । गत साता सम्पन्न नवौ अन्र्तराष्टिय साहित्य सम्मेलनमा आयोजना गरिएको भव्य समारोहमा विभिन्न राज्यबाट कोालोराडो पुग्नु भएका साहित्यकारहरुले उक्त पुस्तक सामूहिक रुपमा विमोचन गर्नु भएको हो ।

पुस्तक विमोचन गर्नुहुने श्रष्टाहरुमा शकुन ज्ञवाली,प्रमिला निर्दोषी,डा पुष्पा शर्मा,भारती गौतम, सन्ध्या पहाडी,सीता पाण्डे,माया गुरुग रहनु भएको थियो , यसै गरी उक्त उपन्यास विमोचन समारोहमा अनेसासका संस्थापक अध्यक्ष होमना सुवेदी, पूर्व अध्यक्षहरु भीम रेग्मी, ज्ञानेन्द्र गदाल ,राधेश्याम लेकाली, गोवद्र्धन पूजा, पुरुषोत्तम सुवेदी, मोहन सिटौला, पदम विश्वकर्मा तथा केन्द्रीय कार्यसमितिका अध्यक्ष सर्वज्ञ वाग्ले लगायतका व्यक्तिहरु उपस्थित हुनु भएको थियो ।

7f1820af-a708-4f62-9548-18f2de15a23f-1779894285.jpg
यसै गरी विओटीका अध्यक्ष पदम विश्वकर्मा , महासचिव प्रकाश नेपाल, सचिव नारायण अधिकारी, सल्लाहकारहरु डा संगीता स्वेच्छा,डा निलम कार्की ,डा नवराज लम्साल लगायतका व्यक्तित्वहरुले श्रीमती उपन्यास सामाजिक सांस्कृतिक पक्ष समेटिएको उपन्यास भएको टिप्पणी गर्नु भएको थियो । कार्यक्रममा महिला समितिकी संयोजक उर्मिला निर्दोषी, वाल समितिका संयोजक सुरेन उप्रेती ,सांस्कृतिक समितिका संयोजक महेश्वर पन्त लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।  

यसै गरी केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष लाल गोपाल सुवेदी, अमेरिकाज क्षेत्रका उपाध्यक्ष सुदीप भद्र खनाल,महासचिव राजु सिटौंला, कोषाध्यक्ष तारा अधिकारी, कार्यक्रमका संयोजक किरण अधिकारी लगायत स्थानीय दर्जनौं संघसंस्थाका व्यक्तिहरुकोे पुस्तक विमोचन समारोहमा सहभागिता रहेको थियो । कार्यक्रममा प्रा डा भीम कटटेल,डा गोविन्द सिं रावत,डा विजयराज शर्मा,विभिन्न च्याप्टरका प्रतिनीधिहरु तथा पदाधिकारीहरु समेतको सहभागिता रहेको थियो । यसै गरी पत्रकार विकासराज न्यौपाने, सिपिए भीम कार्की,तीर्थ राज अधिकारी,रोहिणी शर्मा लगायतका व्यक्तित्वहरुले समेत उपन्यासले नयाँ आयाम थपेको वताउनु भयो ।

'श्रीमती' उपन्यासको चिरफार

नेपालको ग्रामीण भाग त्यो पनि सूदूर पश्चिमको भूगोलमा घरमा भित्रयाईएकी एक युवती र उनले आफनो जीवन साथीसँग सँगै झेल्दै आएका जीवनका वहुआयामिक पाटोहरुमा केन्द्रीत रहेर लेखिएको उपन्यास श्रीमती समकालिन साहित्यमा एक अलग प्रयोगको समेत दृष्टान्त रहेको कृति हो ।

1dc7b4da-e245-4910-a7bd-006ad890b283-1779894269.jpg
 

श्रीमती उपन्यासमा वितुर र धिमही नाम गरेका पात्रहरुले आफनो कलेज जीवन वैदेशिक यात्राका अनेकन घटना उपघटनाहरुलाई कसरी झेलेका छन भन्ने मार्मिक जीवन उपयोगी दस्तावेजको रुपमा समेत यो उपन्यास रहेको छ ।

लेखक पाण्डेयले अमेरिकामा आईपुगेर पनि आफनो संस्कृतिको जगेर्नामा कसरी तल्लिन भएर लागेका हुन्छन भन्ने कथालाई उपन्यासमा राम्रो सँग लिपिवद्ध गर्न सफल हुनु भएको छ् ।

साथै जीवन यात्रामा आईपरेका अनेकन पात्रहरुसँगको सम्वादले नासाको कुरा देखि जटिल रोग लाग्दा समेत एउटी श्रीमतीले आफनो श्रीमानलाई कसरी ममता प्रदान गर्न सफल भईन भनेर लेखकले उपकथामा राम्रो गरि लेख्नु भएको छ  ।

त्यति मात्र होईन पछिल्ला वर्षहरुमा सामाजिक विकृति र विसंगतिका कारण कसरी घर उजाडिएको छ भन्ने घटना क्रमलाई समेत लेखकले श्रीमती उपन्यास मार्फत प्रस्तुत गरेका छन् । जीवनको दौरानमा भेटिएका दजैनौ पात्रहरुको जीवन भोगाई,त्यसमा श्रीमतीको भूमिका मात्र होईन परदेशमा झेल्नु परेका अनेकन समस्याहरु समेत कथामा बुनेर लेखकले उपन्यासको वहुआयामिक पाटो र सामाजिक परिवेशकलाई केलाउन भरमग्दुर प्रयत्न गर्नु भएको छ । अर्के परिवेश र वातावरणमा हुर्किएर नयाँ परिवेशमा घर सम्हाल्न आउँदा मनमा खेल्ने अनेकन कौतुहलता र जिम्मेवारीवोधको वारेमा समेत उपन्यासमा विभिन्न कोणबाट प्रष्ट पार्ने काम गर्नु भएको छ ।  

7db8e39d-7920-4cf1-8bda-e2177a081976-1779894311.jpg
उपन्यासको बारेमा चर्चा गर्दे उपन्यासकार तथा मदन पुरस्कार विजेता निलम कार्की निहारिकाले टिप्पणी गर्दे भन्नु भयो (  श्रीमती उपन्यासले विवाहिता नारीको अर्थ बोल्छ, आख्यानकारले उपन्यासमा एक प्रमुख पात्र मार्फत श्रीमतीलाई तिमी मेरो शक्ति तिमी मेरो व्रह्म भनेर शुद्ध चैतन्य अविनाशी शाश्वत परमात्माको स्थान दिदै नारीलाई उच्च सम्मान व्यक्त गरेको पाईन्छ ।

विगत लामो समय देखि मेरिल्याण्डमा वस्दै आउनु भएका लेखक तीर्थराज पाण्डेयले अनेसास विओटीको उपाध्यक्ष तथा अवार्ड कमिटिमा वसेर काम गर्दे आउनु भएको छ । पाण्डेय अमेरिकामा वसेर डायस्पोराको साँंस्कृतिक पहिचान र प्रवद्र्धनमा निरन्तर सक्रिय रहँदै आउनु भएको छ । उहाँलाई नेपाल सरकारले राष्टिय सम्मान प्रदान गरेको थियो भने अमेरिकाका राष्टपतिद्धारा लाईफटाइम एचिभमेन्ट गोल्ड मेडल अवार्डवाट सन् २०२३ मा सम्मानित हुनु भएको थियो । लेखक पाण्डेयका आमाको सपना खण्ड काव्य ,सविता खण्डकाव्य र चिरायु उपन्यास प्रकाशित भईसकेका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ १३, २०८३  २०:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update