News 24 Television
इरान युद्ध अन्त्य गराउन कतार सक्रिय, अमेरिका के गर्ला ? साउदीको तनाव बढ्दो !

काठमाडौं । इरान युद्ध नयाँ चरणमा प्रवेश गर्ने खतरा बढ्न थालेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भिषण आक्रमण गर्ने वा वार्तामार्फत शान्तिको पहल गर्ने भन्ने निर्णय लिन बाँकी रहेको स्थितिमा मध्यपूर्वका विभिन्न देशहरुले शान्ति वार्ताको पहल गरिरहेका छन्। जुन इजरायली चुनावको परिणामका कारण समेत मध्यपूर्व तातिन पुगेको छ । 

इरान अमेरिका र इजरायलविरुद्ध युद्ध लडिरहेको छ। महाशक्ति राष्ट्र अमेरिका र इरानले संयुक्त रुपमा इरानमा हमला गरेपनि पराजित गर्न सकेका छैनन्, इरानले कमजोर नै स्थितिमा पुगेपनि आत्मसमर्पणको सट्टा आफ्नो सैन्य शक्ति विस्तारलाई तीब्र पारेको छ । 

घरेलु रुपमा देखिएको द्वन्द्ध फेरि खामेनी परिवारतर्फ आकर्षित बन्न पुगेको छ। इरानका सडकमा खामेनी सत्ताविरुद्ध उठ्ने आवाजहरु पछिल्लो समय इरानको सार्वभोमिकताको रक्षाका निम्ति उठेका छन् । कारण हो, अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त आक्रमण । 

इरानमाथिको आक्रमणका कारण विश्वमै आपूर्ति प्रणाली पृभावित बनेको बेलाफेरि इरान युद्ध नयाँ चरणमा प्रवेश गर्ने खतरा बढ्न थालेका छन् । यसकाबीच इरान युद्धलाई शान्तिमा बदल्ने प्रयासहरु समेत चलिरहेका छन् । 

कतारको मध्यस्थता

कतारी मध्यस्थकर्ताहरुले इरानको राजधानी तेहरानमा १२ घण्टा लामो वार्ता गरेका छन्। उनीहरुले क्षेत्रको शान्ति स्थापना र जनताका मागमा प्रतिबद्ध बन्दै वार्तालाई अब कतारको राजधानी दोहामा समेत वार्ताहरु हुन र शान्तिमा छिट्टो पुग्नुपर्नेमा पहल थालेका हुन्। कतारले इरान र अमेरिकाबीच प्रत्यक्ष वार्ता गराउने प्रयास थालेको छ। तर, यसमा इजरायल भने छुट्ने देखिन्छ । 

कतार, टर्की लगायतका मुलुकले ठूलो मात्रामा अरब जनसंख्यामा पैसा बाँडेर चुनावी परिणाम नै तलमाथि गरेको भन्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आक्षेप लगाइरहेको बेला अमेरिका–इजरायल गठबन्धनमा प्रहार गर्ने समय उपर्युक्तता ठानेका कतार लगायतका अरब राष्ट्रहरुले अब यतिबेला नै युद्ध अन्त्यको सम्झौता गर्दा लाभ हुने विषय समेत उठाउन थालेका छन्। जुन कुरामा तेहरान समेत सकारात्मक बनेको बताइन्छ । 

के भने इरानका सर्वोच्च नेताले ?

इरानका सर्वोच्च नेता आयोतोल्लाह मोज्ताबा खामेनीले एक वक्तव्यमार्फत सैन्य शक्तिलाई सतर्क र उचित जवाफ दिन निर्देशित गरेका छन्। कतारले मध्यस्थता गरिरहेको बेला शान्ति कायम गर्न नसकिए अमेरिकाले ठूलो स्तरको आक्रमणको योजना  बनाएको सूचना प्राप्त गरेपछि खामेनीले यस्तो निर्देशन दिएका हुन् ।

खामेनीको निर्देशनपछि इरानी सैन्य अधिकारीहरु समेत सक्रियतापूर्वक युद्धको तयारीमा जुटेका छन्। तर, मनोवैज्ञानिक त्रास सिर्जना गर्ने वा युद्धबाट बाहिर निस्किने भन्ने विषय भने अब अमेरिका र इरानको हातमा पुगेको देखिन्छ। सैन्य अधिकारीहरुसंगको भेटमा समेत खामेनीले युद्धका निम्ति सबै तयारी गर्न निर्देशित गरेको बताइएको छ भने जस्तोसुकै परिस्थितिमा पनि पछि हट्न नहुनेमा जोड दिने गरिएको बताइन्छ । 

न्यायपालिका पनि आक्रामक

इरानको न्यायपालिका प्रमुख घोलाम–होसेन मोहसेनी–इजेईले समेत राष्ट्रको दुश्मनविरुद्धका न्यायिक प्रक्रियाहरु छिटो टुंग्यागनुपर्ने भन्दै तदारुकता देखाएका छन्।

इरानविरुद्ध सूचना दिने, सैन्य गतिविधिको विपरित काम गर्नेदेखि इरानले देशविरुद्ध काम गर्ने भन्दै पक्राउ गरेका सबैको हकमा इरानी न्यायपालिका प्रमुखको यो अभिव्यक्तिले कानूनी अभियोजन र न्यायिक प्रक्रियामाथिको प्रश्न समेत उठाइदिएको छ । उनीहरुले भनेको न्यायपालिकाको सक्रियता र न्याय निरुपणको विषय अब थप रोचक बन्ने संकेत मिलेको छ। 

साउदी पनि संकटमै

साउदी अरब समेत हुथीसंग लडाईमा होमिएपछि तनावमा फसेको छ । हुथी विद्रोही समूहले साउदी अरबका विभिन्न क्षेत्रमा गरिरहेको ब्यालेस्टिक मिसाइल आक्रमणले साउदीमा नराम्ररी प्रभाव पारेको छ । साउदीले यस क्षेत्रको युद्ध अन्त्यका निम्ति इरान युद्ध अन्त्य हुनुपर्नेमा जोड दिन थालेको छ । साउदीले हुथीलाई ठूलो रकमको प्रस्ताव समेत गरिसकेको छ। युद्ध अन्त्य हुने सर्तमा साउदीले ठूलो रकमको प्रस्ताव गरेपनि यसेले ठोस निष्कर्ष भने निकाल्न सकिरहेको भने देखिन्न । 

प्रकाशित मिति: आइतबार, कात्तिक १५, २०८३  ०८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update