News 24 Television
नेर र ताजा बस्तीका नागरीकमा खुशी

मुगु । मुगुको सोरुगाँउपालिका  ५ नेरघाटमा मोटरेबल बेली ब्रिज निर्माण सम्पन्न भएपछि यस क्षेत्रका स्थानीयवासीलाई सहज भएको छ ।  यस पुलले हुम्लाको करिडोरसँग सडक सञ्जाल जोड्दै वर्षौंदेखिको आवतजावतको समस्या समाधान गर्न महत्वपूर्ण भूमिका खेलेको छ । वर्षायाममा खोलामा पानीको बहाव बढ्दा हुने जोखिम र सास्ती पूर्ण रूपमा अन्त्य भएको भन्दै स्थानीय खुसी भएका छन् । 

मुगुको सोरुगाँउपालिका  ५ नेरघाटमा बेलिब्रेज पुल निमार्ण भएपछि स्थानीय निकै खुसी भएका छन ।  पुर्वाधार बिकास कार्यालय मुगुले २०८१साल असार ४ गते ४ करोड ९४ लाखमा ६० मिटर लम्बाई रहेको पुल ठेक्का आह्वान गरेको थियो । 

नेरघाट बेलीब्रेज पुल २०८३ असार मसान्तमा सम्पन्न भएपछि स्थानीयलाई सहज भएको हो । नेर र ताजा गाँउका १ हजार ५ सय भन्दा बढी नागरीकले यो पुलबाट दैनिक आवजावत गर्दछन् ।  पहिला पुल नहुदा बाबीया (घाँस)को तुईन प्रयोग गरिन्थ्यो । त्यसपछि झोलुङ्गे पुल प्रयोगमा ल्याइयो । झोलुङ्ग पुलबाट पशुचौयाहरुलाई आवतजावत गर्न निकै समस्या हुने गरेको थियो । 

पहिला पुल नहुदा नेर र ताजा गाँउबाट अर्को गाँउ जान ४, ५ घण्टा समय लाग्थ्यो ।  कर्णाली करीडोर पुग्न निकै कठीन हुनुका साथै गाँउमा उत्पादन गर्ने बस्तुहरुले बजार नपाएर गाँउमै कुहीएर जाने समस्या पनि अन्त्य हुने विश्वास स्थानीयको छ । बेलीब्रीज बनेपछि समय र ढुवानी खर्च दुवै घटेको भन्दै स्थानीयको भनाई छ ।   

यो पुलबाट सोरुगाँउपालिका वडा नम्बर ५ नेर र ताजा बस्तीका नागरीकहरुलाई पालिका केन्द्र ,सदरमुकाम, गमगढी ,हुम्ला जिल्लाका बिभिन्न बस्ती र कर्णाली करीडोरबाट सुर्खेत,नेपालगंन्ज जानको लागी निकै सहज भएको छ । साथै गाँउमा कृषकहरुले उत्पादन गरेका रैथाने अन्न बाली लगायत अन्य बस्तुहरुले बजार पाउनुका साथै स्थानीयको आय आर्जनमा पनि सुधार ल्याउने अपेक्षा गरिएको छ । 

मुगुको सदरमुकाम गमगढी र पालिका केन्द्रबाट निकै टाढा रहेको नेर र ताजा बस्तीका नागरीकले पुल नहुदा दैनिक भोग्नु परेको समस्या समाधानको लागी हुम्ला कर्णाली करीडोर र मुगुको नेरघाटमा पुल बनाइएको हो ।

मुगुको नेर र ताजा बस्तीका १५ सय भन्दा बढी नागरीकले दैनिक लाभ लिनुका साथै हुम्ला जिल्लाबासीलाई पनि आवतजावतमा सहज भएको छ ।  

कर्णाली प्रदेश पूर्वधार बिकास कार्यालयको आर्थिक सहयोग र स्थानीय सरकारको सहजीकरणमा नेरघाट बेलिब्रेज पुल निमार्ण भएको हो ।

प्रकाशित मिति: बुधबार, असार ३१, २०८३  ०९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update