News 24 Television
सिद्धार्थ बैंकद्वारा ‘सिद्धार्थ गोल्ड लोन’ सुविधा सञ्चालनमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरुको तत्कालको वित्तीय आवश्यकतालाई सहज र सर्वसुलभ बनाउने उद्देश्यका साथ नयाँ कर्जा योजना ‘सिद्धार्थ गोल्ड लोन’ सार्वजनिक गरेको छ। 

यस योजना अन्तर्गत ग्राहकहरुले आफ्नो सुन तथा सुनका गरगहनाहरु धितो राखी बैंकबाट अधिकतम रु. ५० लाखसम्मको कर्जा रकम प्राप्त गर्न सक्नेछन्, जसमा धितो सुनको मूल्यांकनका आधारमा बढीमा ७५ प्रतिशतसम्म कर्जा प्रवाह गरिनेछ। 

ग्राहकहरूले आफ्नो व्यक्तिगत तथा व्यावसायिक आवश्यकता सहज रूपमा पूरा गर्न सकुन् भन्ने उद्देश्यले सञ्चालनमा ल्याइएको यो सुरक्षित र भरपर्दो सुविधा हालका लागि बैंकको काठमाडौंस्थित न्यूरोड गेट शाखाबाट उपलब्ध छ, र यस सम्बन्धी थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिनेछ।

प्रकाशित मिति: शुक्रबार, साउन १, २०८३  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update