नेपाल लाइफको ऐतिहासिक कीर्तिमान, १३ अर्बभन्दा बढी प्रथम बीमा आर्जन
काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीका रूपमा स्थापित नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो २५ वर्षको गौरवमय यात्रा (सिल्भर जुबिली) का अवसरमा रु. १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क (FPI) आर्जन गर्दै जीवन बीमा इतिहासमा नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ।
गत आर्थिक वर्षमा रु. १० अर्ब प्रथम बीमा शुल्क आर्जन गरेको कम्पनीले यस वर्ष उक्त उपलब्धिलाई अझ उचाइमा पुर्याउँदै बीमा उद्योगमा नयाँ मानक स्थापित गरेको हो।
यस ऐतिहासिक सफलताका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्पूर्ण बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी तथा सरोकारवालाहरू प्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ थप प्रविधिमैत्री सेवा, नवीन बीमा योजना र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रकाशित मिति: शुक्रबार, साउन १, २०८३ १५:१५
प्रतिक्रिया दिनुहोस्
