News 24 Television
प्युजो मोटरसाइकल्स नेपालद्वारा  ‘Soirée Francaise’ आयोजना: फ्रान्सेली संस्कृति र जीवनशैलीको अनुभव

अग्नि ग्रुप अन्तर्गतको प्युजो मोटरसाइकल्स नेपालले ‘Soirée Française – A Night of French Elegance’ शीर्षकमा एक विशेष 'फ्रेन्च फाइन डाइनिङ' कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौँस्थित ला टेरास (La Terrasse) मा आयोजना गरिएको उक्त कार्यक्रममा प्युजोका विशिष्ट ग्राहक, व्यावसायिक साझेदार तथा फ्रान्सेली संस्कृतिप्रति आत्मियता राख्ने अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमले फ्रान्सको समृद्ध सांस्कृतिक विरासत र त्यसको प्रेरणादायी भावनालाई सम्मान गर्दै आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्य राखेको थियो।

विश्वकपमा फ्रान्सेली टोलीको भावनाबाट प्रेरित

सन् २०२६ को फिफा विश्वकपमा फ्रान्सेली टोलीले प्रदर्शन गरेको समर्पण, दृढता, उत्कृष्टता र एकताको भावनाबाट प्रेरित भई यो कार्यक्रम आयोजना गरिएको हो। खेलको नतिजाभन्दा माथि उठेर फ्रान्सेली खेल संस्कृतिको अदम्य भावना र त्यसको विरासतलाई सम्मान गर्नु कार्यक्रमको मुख्य पक्ष थियो। यी मूल्यहरू प्युजो ब्रान्डको दीर्घकालीन पहिचानसँग समेत मेल खाने भएकाले सोही भावनालाई कार्यक्रममा प्रतिबिम्बित गरिएको थियो।

नेटवर्किङ र प्रिमियम जीवनशैलीको अनुभव

कार्यक्रममा सहभागी अतिथिहरूले पेरिस-प्रेरित आकर्षक सजावट तथा आत्मीय वातावरणमा विविध परम्परागत फ्रेन्च परिकारको स्वाद लिँदै नेटवर्किङको अनुभव सँगालेका थिए। प्युजोको फ्रान्सेली सम्पदालाई झल्काउँदै आफ्ना ग्राहकहरूप्रति कृतज्ञता व्यक्त गर्न र नेपालमा प्युजो समुदायसँगको सम्बन्धलाई अझ मजबुत बनाउन यस अवसरले सहयोग पुर्‍याएको कम्पनीले जनाएको छ।

ग्राहक केन्द्रित प्रतिबद्धता

यस अवसरमा प्युजो मोटरसाइकल्स नेपालका प्रतिनिधिहरूले गुणस्तरीय गतिशीलता (मोबिलिटी) समाधानका साथै ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको जीवनशैली अनुभव प्रदान गर्ने र विश्वव्यापी रूपमा प्युजोले प्रतिनिधित्व गर्ने मूल्य एवम् परम्परालाई निरन्तर अघि बढाउने प्रतिबद्धता पुनः व्यक्त गरे।

कार्यक्रमको समापन फ्रान्सेली संस्कृति, मित्रता र उत्कृष्टताको साझा भावनाप्रति सम्मान व्यक्त गर्दै ‘टोस्ट’ (Toast) का साथ गरिएको थियो। सहभागीहरूले यस अविस्मरणीय अनुभवले प्युजो मोटरसाइकल्स नेपाल र ग्राहकहरूबीचको प्रिमियम सम्बन्धलाई अझ सुदृढ बनाएको विश्वास व्यक्त गरेका छन्

प्रकाशित मिति: सोमबार, साउन ४, २०८३  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update