News 24 Television
मारुती सिमेन्टद्वारा जयन्ती मेमोरियल ट्रस्टलाई CPR तालिमका लागि म्यानिकिन हस्तान्तरण

काठमाडौं । हालको परिवेशमा विशेषगरी युवापुस्तामा अस्वस्थ जीवनशैली, अत्यधिक तनाव तथा हृदयसम्बन्धी आकस्मिक समस्याका घटनामा वृद्धि हुँदै गएको अवस्थालाई मध्यनजर गर्दै CPR (Cardiopulmonary Resuscitation) तालिमको आवश्यकता बढ्दै गएको छ।

यही आवश्यकतालाई महसुस गर्दै मारुती सिमेन्ट लिमिटेड ले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत देशभर CPR तालिम सञ्चालन गर्ने उद्देश्यका साथ जयन्ती मेमोरियल ट्रस्ट लाई आवश्यक CPR Training Manikin हस्तान्तरण गरेको छ।

उक्त सामग्री हस्तान्तरण कार्यक्रम दुवै संस्थाका सञ्चालक तथा पदाधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको हो। कार्यक्रममा मारुती सिमेन्ट लिमिटेडले समाजप्रतिको आफ्नो उत्तरदायित्व निर्वाह गर्ने प्रतिबद्धतालाई व्यवहारमा उतार्दै स्वास्थ्य सचेतना अभिवृद्धिमा सहयोग पुर्‍याउन पाउँदा खुशी लागेको जनाएको छ।

maruti-1784781776.jpg
जयन्ती मेमोरियल ट्रस्टले प्राप्त CPR Training Manikin को प्रयोग गरी देशभर निःशुल्क वा पहुँचयोग्य CPR तालिम सञ्चालन गर्ने, आकस्मिक हृदयाघात वा अन्य आपत्कालीन अवस्थामा सर्वसाधारणले समयमै प्राथमिक उपचार प्रदान गर्न सक्ने जनशक्ति तयार गर्ने लक्ष्य रहेको जनाएको छ।

ट्रस्टका अनुसार CPR सम्बन्धी ज्ञान र सीपको विस्तारले आकस्मिक अवस्थामा बहुमूल्य जीवन बचाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। यस सहकार्यले समुदायमा स्वास्थ्य सचेतना बढाउनुका साथै जीवनरक्षा सम्बन्धी सीप विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: बिहीबार, साउन ७, २०८३  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update