News 24 Television
बाढीपीडितका लागि रिद्धिसिद्धि सिमेन्ट र सौर्य सिमेन्टद्वारा १ करोड १ लाख सहयोग

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना एवं पुनर्निर्माणका लागि रिद्धिसिद्धि सिमेन्ट र सौर्य सिमेन्टले १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

रिद्धिसिद्धि सिमेन्टका अध्यक्ष शोभाकर (हरी) न्यौपानेले अर्थमन्त्रीलाई भेटेर उक्त रकम हस्तान्तरण गरेका हुन् ।

भोटेकोशी बाढीले पुर्याएको अपुरणीय क्षति प्रति गहिरो दुख व्यक्त गर्दै रिद्धिसिद्धि सिमेन्टको तर्फबाट ५१ लाख र शौर्य सिमेन्टको तर्फबाट ५० लाख गरि १ करोड १ लाख रुपैयाँ प्रधानमन्त्री दैबी प्रकोप उद्दार कोषमा दाखिला गरेका हुन् ।
 

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update