News 24 Television
ओलीविरुद्ध बोल्ने एमाले नेताहरु थर्कमान, अब सबै मिलेर वालेन्द्रविरुद्ध घेराबन्दी गर्ने !

काठमाडौं । नेतृत्व फेर्ने धङ्धङ्गीबाट एमाले बाहिरिन थालेको छ । पछिल्लो समय एमालेले राष्ट्रिय स्वाधिनतामाथि संकट आएको दाबी गर्दै निर्णायक आन्दोलन र निर्वाचनमा निर्णायक उपस्थिति जनाउने भन्न थालेको छ। एमालेले राष्ट्रिय भेलामार्फत अब आफ्नो राजनीतिक अवस्थालाई शुद्धिकरण गर्ने भनेको छ। तर, के यहि स्थितिमा एमाले बौरिने अवस्था बन्छ ? 

नेकपा एमाले मंसिर २ र ३ गते राष्ट्रिय भेलामार्फत आफूलाई पुरानै जगमा उभ्याउने प्रण गर्ने भनिरहेको छ। एमालेले देशभरबाट नेता कार्यकर्ता बोलाएर गर्न लागेको राष्ट्रिय भेलामा आगामी निर्वाचन, एकताबद्ध पार्टी र शुद्धिकृत नेता कार्यकर्तामा जोड दिएको छ। तर, एमालेले अब नेतृत्व फेर्ने कुरा गर्ने छैन् ।

भेलाका निम्ति बसेको बैठकमै उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले अब नेतृत्वविरुद्धका कुनैपनि घेराबन्दी नहुने भन्दै एकताबद्ध पार्टी निर्माण गर्दै नेता कार्यकर्तामा उत्साह भर्ने भनिरहेका छन् । 

यीनै पौडेल र पोखरेलले नै ओलीलाई नेतृत्वबाट हटाएर नयाँ नेतृत्व चयन गर्ने भन्दै एमालेमा पंक्तिबद्ध अभियान नै चलाएका थिए। तर, उनीहरु अहिले पछि हटेका छन्। अब उनीहरुको योजना छ, ओलीको नेतृत्वमा एकताबद्ध पार्टी निर्माण गरेर देशको स्वाधिनताको पक्षमा आन्दोलन गर्ने प्रतिबद्ध पार्टी निर्माण र एकताबद्ध भएको सन्देश दिएर नेता कार्यकर्तामा उत्साह भर्ने। यस्तो स्थिति आउनुमा पूर्वराष्ट्रपति विद्यादेवीभ भण्डारीको सम्भावित नेतृत्व वा ओलीले गर्न खोजेको पार्टी एकता नै रहेको बताइन्छ । यद्यपी अब एमालेले नयाँ शीराबाट सरकारको आलोचना, विरोध र आन्दोलन गर्ने तयारी गरिरहेको छ । 

एमाले नेताहरुले रणनीतिक रुपमा नै अब सरकारविरुद्धका अभियान नै थाल्ने देखिन्छ । यसरी एमाले नेताहरुले अब सरकारविरुद्ध आन्दोलन, विरोध र आलोचनाबाटै आफूलाई उभ्याउने प्रयास गरिरहेका छन भने यस्ता एजेण्डामा सहमत हुनेहरुसंगका अनेक सहकार्य समेत हुने ठानिएको छ ।

के भने ओलीले ?

एमाले अध्यक्ष केपी ओलीले पार्टीका केन्द्रीय सदस्यहरुलाई मनोनित गर्दै सपथ गराएका छन्। ओलीले पार्टीमा अनुशासनलाई बढावा दिने भन्दै सहि नीति र विचारबाटै नै एकताबद्ध हुने र जनतामा उत्साह र आकर्षण भर्न सकिने भनेका छन्। यतिमै नरोकिएका ओलीले फागुन २१ को निर्वाचनलाई प्रतिगमनको योजनाबद्ध श्रृङ्खलाको रुपमा समेत अथ्र्याएका छन्। ओलीले आक्रामक रुपमा सरकार तानाशाही ढंगले अघि बढेको र स्वतन्त्रता समेत गुमेको भन्दै अब सडकबाटै सबै कुरा स्थापित गर्नुपर्ने भनेका छन् । 

उसोतः ओलीले सरकारमाथिका आक्षेपमा नयाँ लेपन समेत लगाइरहेका छन्। ओलीले प्रधानमन्त्री वालेन्द्र शाहमाथिको व्यङ्ग्यलाई कडा रुपमा पेश गर्दै नक्कलीभगवानको उपमा समेत दिएका छन्।

एमालेले रणनीतिक रुपमै यसरी सरकारको आलोचना गर्दै स्थानीय तहको निर्वाचनमा होमिने प्रयास गरिरहेको छ। तर, एमालेले भनिरहेको सडक आन्दोलन सम्भव होला ? 

के विषयका निम्ति जनता सडकमा आउने ? तमाम प्रश्नको जवाफ सरकारी काम, व्यवहार, शैली र तरिकाले दिनेभएपनि हतारोमा देखिएको एमालेले सफलता पाउला भन्ने प्रश्न र शंकासहितका चासोहरु भने जिवितै छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १२, २०८३  ०९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update