काठमाडौं । राजनीतिक रुपमा देखिएका उतारचढावहरुलाई छिचोल्न दलहरुले अनेक तयारी गरिरहेका छन् । नजिकिदै गएको स्थानीय र प्रदेशसभाको चुनावका लागि समेत दलहरुको तयारी तीब्र देखिन्छ। यस्तोमा नेपाली कम्युनिस्ट पार्टीले समेत शक्ति सञ्चयका निम्ति प्रयास गरिरहेको छ ।
जेनजी आन्दोलनपछि निर्माण भएको सरकारले कस्तो काम गर्दैछ? विपक्षीले भनिरहेका छन, देश भूराजनीतिक चपेटोमा फसिसकेको छ । विपक्षीहरुले सरकारमाथि विष वमन गरिरहेका छन् । सरकारी शैली पनि सहकार्य र समन्वयतर्फभन्दा आफ्नै किसिमको देखिन्छ। यस्तोमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले पनि सरकारमाथिका अनेक आरोपहरुलाई बढाउदै लगेका छन्।
प्रचण्डले सरकारविरुद्ध अनेक आरोप लगाइरहेको बेला नेकपाले जागरण अभियान पनि चलाइरहेको छ। नेता कार्यकर्तालाई प्रशिक्षित गर्ने र जनतालाई जागरणमार्फत राजनीतिक विषय बुझाउने अभियान भनिएको नेकपाको अभियानमा दुई नेताहरुले अनेक विषयमा सार्वजनिक अभिव्यक्ति दिदै आएका छन्। यस्तोमा नेकपाका सहसंयोजक माधव नेपालले पनि हाम्रो देश विदेशी शक्तिले छिमेकी मुलुकविरुद्ध सैन्य गतिविधि गर्ने अखडाका रूपमा प्रयोग गर्न नहुने निश्चित गर्नुपर्ने भन्न थालेका छन्।
सरकारविरुद्ध आक्रोश पोखेरमात्रै जनमत सिर्जना हुन्छ? यस्तो भने देखिन्न। जसकारण उनीहरुले उत्साह भर्नका लागि नै होस, वामपन्थी एकता र सहकार्यका विषयमा समेत जोड दिइरहेका छन्। नेकपाका संयोजक प्रचण्डले नेकपा एमाले र मसालसंग समेत सहकार्यको विषयमा छलफल भएको विषय दोहो¥याउदै आएका छन्।
नेपालका सबै कम्युनिष्ट शक्तिलाई एकताको झण्डामुनि ल्याउने प्रयास जारी रहेको दाबी गरेका प्रचण्डले एमालेसंग एकता गर्न खोजेको संकेत गर्न थालेका छन्।
उसोतः नेकपा निर्माण गरेर अघि बढेका केपी ओली र प्रचण्ड छुट्टिएको लामो समय भएको छैन रत, उनीहरु फेरि एकतामार्फत शक्ति आर्जनमा जुट्ने प्रयास गरिरहेका छन्। पछिल्लो समय रास्वपाको उदय र सरकारले धरपकड नै गरेपछि तर्सिएका उनीहरु बाध्यकारी एकता र शक्ति सञ्चयतर्फ अघि बढ्ने संकेत बलियो बनाउनमै व्यस्त छन्।


