News 24 Television
आइएमई पे मार्फत हवाई टिकट लिनेहरू बढे

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले  सञ्चालनमा ल्याएको रिफन्डेबल फिचर मार्फत आन्तरिक  हवाई टिकट  काट्नेको कुल संख्या हजारौं  पुगेको छ ।

सहज फिचर सगसगै प्रयोगकर्ताहरूले कल तथा इमेल मार्फत पाउने ग्राहकमैत्री सेवा र तत्कालै हुने रिफन्डले गर्दा आइएमई पे ले उपलब्ध गराएको  यो सेवामा ग्राहकको संख्या बढेको हो ।

आइएमई पे एप मार्फत प्रयोगकर्ताहरूले  आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट  काट्दा आन्तरिक हवाई टिकटमा क्यास ब्याक, रिवार्ड पोइन्ट र टिकट-रिफन्डेबल फिचर पनि पाउन सक्छन् ।

आइएमई पे का प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले आन्तरिक हवाई टिकटमा  टिकट रिफन्डेबल फिचर प्रवर्द्धन भएको १ वर्षको अवधिमै प्रयोगकर्ताहरूको बढ्दो संख्याले  सेवाहरू थप्न कम्पनी उत्साहित भएको बताए ।
 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update