News 24 Television
क्षयरोगको आतंक फेरि बढ्यो, खोकी नलागी पनि रोगको शिकार

काठमाडौँ । क्षयरोगको लक्षण भन्ने वितिकै लगातार खोकी भन्ने आम बुझाई रहेको छ । तर पछिल्लो समय क्षयरोगका बिरामीमा खोकीको लक्षण निकै कममा मात्र देखिने गरेको तथ्य बाहिरिएको छ । के हो त यसभित्रको वास्तविकता ? अनि के यस्तो अवस्थाले जोखिम थप बढाउछ ? के भन्छन् चिकित्सक ?

ट्युबरक्लोसिस टीबी अर्थात क्षयरोग श्वासप्रश्वासबाट सर्ने संक्रामक रोग हो । क्षयरोगको लक्षण भन्ने वितिकै लगातार खोकी लाग्छ भन्ने आम बुझाई  छ । तर पछिल्लो समय यो तथ्यमा केही परिवर्तन आएको छ । क्षयरोगका बिरामीमा खोकीको लक्षण निकै कममा मात्र देखिने गरेको तथ्य बाहिरिएको हो । यस कारण पनि के हो त यसभित्रको वास्तविकता ? अनि के यस्तो अवस्थाले जोखिम थप बढाउछ ? के भन्छन् चिकित्सक ? यसबारे चासो बढेको छ । 

सामान्यतया क्षयरोग संक्रमण संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा एक बाट अर्कोमा फैलिने गर्दछ । यसको प्रमुख लक्षणहरुमा नियमित खोकी लाग्नु, रुघाखोकी हुनु, खकारमा रगत देखा पर्नु, साँझपख ज्वरो आउनु, तौल घट्दै जानु लागायतका हुन् । धेरै जस्तोलाई क्षयरोगको लक्षण भन्ने वितिकै दिमागमा लगातार खोकी आउनु भन्ने रहेको छ । पछिल्ला दिनहरुमा चिकित्सकको  अनुभव फरक छ । 

चिकित्सकहरुका अन्ुसार ५० प्रतिशत व्यतिmमा क्षयरोगको किटाणु शरीर भित्रै रहेका  हुन्छन् । तर यसले रोगप्रतिरोधात्मक क्षमता कम भएका यतिmलाई मात्र क्षयरोग लाग्ने गर्दछ । साथै क्षयरोग फोक्सा बाहेक अन्य अन्यमा समेत लाग्ने गर्दछ । तर फोक्सोमा क्षयरोगको किटाणु देखाप¥यो भने त्यो धेरै सरुवा हुन्छ । तर फोक्सोबाहेक क्षयरोग ग्रन्थि, आन्द्रा, मस्तिष्क, हाड वा हड्डीको जोर्नी, मुटु, प्रजनन् तथा मूत्र प्रणाली, छाला, आँखा लगायत अंगमा पनि क्षयरोग लागेको अवस्थामा संक्रामक मानिदैन । 

फोक्सोमा भएको क्षयरोग भन्दा अन्य अंगामा लागेको क्षयरोग निको हुन तुलनात्मक रुपमा गाह्रो हुने गर्दछ । सबै खलाका क्षयरोगको उपचार उस्तै हुने गर्दछ । तर, क्षयरोगको पहिचान गरी जुन अङ्गमा लागेको हो, त्यहीअनुसार गर्नुपर्ने हुन्छ । फोक्सोबाहिरको अङ्गमा लागेको छ भने उक्त अङ्गको ‘टिस्यू’ निकालेर जाँच गरिन्छ । यदि फोक्सोको क्षयरोग हो भने ६ महिनासम्म औषधि सेवन गर्दा निको हुन्छ । तर, फोक्सोबाहिरको क्षयरोग हो भने ९ देखि १२ महिनासम्म औषधि सेवन गर्नुपर्छ । 

विश्व स्वास्थ्य संगठन डब्लुएचओको अनुसार खोकी बिनाको क्षयरोग बढि मात्रामा महिला, युवा तथा शहरीका बासिन्दामा देखिएको छ । साथै नेपालमा क्षयरोगका कारण वार्षिक औषतमा १७ हजार मानिसको मृत्यु हुने अनुमान छ । साथै आर्थिक वर्ष २०७८÷७९ मा नयाँ भेटिएका ७१ हजार सात सय बिरामीमध्ये करिब ३२ हजार बिरामी उपचारको दायरामा ल्याउन सकिएको छैन । 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update