News 24 Television
ओली, प्रचण्ड र देउवामाथि अनुसन्धान, को को जालान् खोरमा ?

काठमाडौं । भदौ २३ र २४ को जेनजी आन्दोलनले सत्ता उलटफेर भयो । सुुशिला कार्की नेतृत्वको अन्तरिक सरकारले मुलुकको बागडोर सम्हालिरहेको अवस्था छ । भ्रष्ट्राचार नियन्त्रण र सुशासनका लागि भएको आन्दोलनमा ३ प्रहरी र १० कैदीबन्दीसहित ७६ जनाले ज्यान गुमाए । जसमध्ये २२ जना जेनजी आन्दोलनका प्रदर्शनकारी नै मारिए । आन्दोलनमा पाँच सय बढि घाइते भए । जेनजी आन्दोलनको बलमा बनेको सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले भष्ट्राचारविरुद्धका फाइलहरु खोलिरहेको छ । 

सरकारले तीन पूर्वप्रधानमन्त्री र दुईमन्त्रीविरुद्ध अनुसन्धान अघि बढाएको छ । भ्रष्टाचारीलाई कारबाही गर्नकै लागि फाइल खोेलिएको शुक्रबार मात्रै प्रधानमन्त्री सुशीला कार्कीले कुटनीतिक निकायका प्रमसुखसँग ब्रिफिङ गरेकी छन् । यो अनुसन्धान कुन तहमा पुगेर टुंगिदैछ त ? 

भदौ २३ र २४ को जेनजी आन्दोलनमा राज्यका तीन वटै अंगका भौतिक संरचनाहरु मात्रै ध्वस्त भएनन्, प्रमुख तीन राजनीतिक दलका नेताहरुका घरदेखि ब्यवसायिक प्रतिष्ठानहरु निसानामा परे । प्रमुख ३ दलका नेताहरुले मुलुकको कार्यकारी पदमा रहँदा ब्रम्हलुट मच्चाएको आरोप आन्दोलनकारीहरुको थियो । मुलुकमा सुशासन दिन नसकेको र ब्यापक भ्रष्टाचार गरेको आक्रोश झल्किएको थियो । 

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन जेनजीले अहिले पनि सरकारलाई दबाब बढाइरहेका छन् । अन्तरिम सरकारले पनि भ्रष्टाचार मुद्दामा केन्द्रिीत भएर अनुसन्धानको अनुसन्धानका सुई सोझिन थालेको छ । आन्दोलनपछि गठित जाँचबुझ आयोगले एकातर्फ अनुसन्धान जारी राखेको छ भने अर्कोतर्फ सरकारले भ्रष्टाचारका फाइलहरु खोल्न शुरु गरेको छ । 

तीन पुर्वप्रधानमन्त्री सहित दुई मन्त्री र उच्चपदस्थको अनुसन्धान सुरु गरेको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले तीन पूर्वप्रधानमन्त्री र दुई मन्त्रीका आफन्तको नाममा रहेको वचत, लगानी, कम्पनी र कारोबारको सम्वन्धमा विवरण संकलन गरिरहेको छ । 

विभागले नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिष्टारको कार्यालयलाई पत्र नै काटेर अनुुसन्धान थालेपछि भ्रष्टाचारीमाथि कारबाहीको आशा पलायएको छ ।  

को हुन् सम्पत्ति छानमिनमा मुछिएका ५ हाइप्रोफाइल 

१. केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष

जेनजी आन्दोलनको बलबाट फालिएका तत्कालिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली सम्पत्ति छानमिनमा तानिएका छन् । भन्दौ २४ को जेनजी आन्दोलनले उनको भक्तपुर बालकोट निवास जलाइएको थियो । तीन पटक प्रधानमन्त्री बनेका ओलीले संवैधानिक नियुक्ति, राजदुत नियुक्ती तथा आर्थिक लेनदेनमा अकुत सम्पत्ति आर्जन गरेको आरोप लाग्दै आएको छ । 

२. शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति 

पाँच पटक प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सम्पत्ति शुद्धिकरणमा तानिएका छन् । पटकपटक प्रधानमन्त्री बनेका देउवाले अकुत सम्पत्ति आर्जन, राजदुत नियुक्ती, सरकारी तथा गैरसरकारी नियुक्ती, टिकट वितरण लगायतमा भ्रष्ट्राचार गरेको आरोप लाग्ने गरेको छ । आन्दोलनमा वुढानिलकण्ठस्थित देउवा निवासमा जेलका नोट र भेट्टीएको सुनले त्यो आरोप पुष्टि गर्नसक्ने अनुमान गर्न सकिन्छ । यद्यपि आगजनीले कतिपय महत्वपूर्ण प्रमाणहरु जलेका कारण अनुसन्धानमा भने जटिलता थपेको छ ।  

३. पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष

१० वर्षे सशस्त्र युद्ध हुँदै नेपालमा गणतन्त्र स्थापनाको कमाण्डर दाबी गर्ने आएको पुर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सम्पत्ति छानमिनमा तानिएका छन् । प्रचण्ड क्यान्टोनमेन्ट घोटाला प्रकरणसहित विभिन्न काण्डमा मुछिएका छन् । तीन पटक प्रधानमन्त्री बनिसकेका प्रचण्डलाई भदौँ २४ को जेनजी आन्दोलनले खुमलटारमा निवास जल्नुअघि ट्रकका ट्रक पैसा सारेको आरोप एक सेनाका पूर्व अधिकारीले लगाएका छन् । प्रचण्डको सचिवालयले आरोप निराधार रहेको भन्दै पुष्टी गर्न चुनौति दिएको छ ।   

४. दीपक खड्का, पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता

तत्कालिन प्रधानमन्त्री ओली नेतृत्वको सरकारका उर्जामन्त्री दिपक खड्का सम्पत्ति शुद्धिकरणमा तानीएका छन् । भदौँ २४ को जेनजी आन्दोलनमा बुढानिलकण्ठस्थिति निवास जलाउँदा पैसाको गोदाम नै रहेको दृश्य देखिएको थियो । खड्काको विलासी जिवनले समेत त्यो पुष्टि गर्छ । यतिबेला उनी भागेर अमेरिका पुगेको बताइएको छ ।  

५. आरजु राणा, पूर्व परराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेसकी नेतृ

कांग्रेस सभापति देउवा पत्नी आरजु राणा देउवामाथि समेत अनुसन्धानको सुई सोझिएको छ । तत्कालिन परराष्ट्रमन्त्री आरजु नक्कली भुटानी शणानार्थी, टिकापुर जग्गा प्रकरण लगायत काण्डमा मुछिएकी छन् । आरजुसँगै हिल्टन होटलमा छोरा जयविरको शेयर रहेको हल्लाले हिल्टन होटल पनि आन्दोलनमा रापमा परेको थियो । 

सम्पत्ति छानमिनमा परेकाको अन्सन्धान टुंगोमा पुग्ला की नपुग्ला सर्वत्र चासोको विषय बनेको छ । अन्तरिम सरकारलाई फागुन २१ मा तोकिएको निर्वाचन सम्पन्न गराउनु पर्ने चुनौती पनि छ । त्यसैले जिम्मेवारीपूर्वक अनुसन्धान अगाडि बढाउनुपर्ने अवस्था सरकारलाई छ । यद्यपि फास्टट्रयाकमा अनुसन्धान गरे सफल हुनसक्ने विश्लेषणहरु भइरहेका छन् । 

सम्पत्ति शुद्धीकरण भनेको के हो ? 

सम्पत्ति शुद्धीकरण भनेको गैरकानूनी तवरले आयआर्जन गरेको सम्पत्तिलाई बुझाउँछ । त्यसलाई कानूनी स्रोतबाट प्राप्त भएको देखाउन सम्पत्तिको वास्तविक स्रोत लुकाउने, प्रकृति बदल्ने वा कारोबार छल्ने कार्यलाई बुझिन्छ । अर्थात् अकुत सम्पत्ति आर्जन गरेर कालो धन थुपार्ने गरिन्छ र त्यसलाई ह्वाइट मनीमा रुपान्तरण गरिन्छ । यसले प्रत्यक्षमा रुपमा राष्ट्रिय अर्थतन्त्रलाई नै असर गर्ने गर्दछ । 

विगतमा पनि विभिन्न राजनीतिक दलका कतिपय नेताहरुले विगत २०४६ सालदेखि नै नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने आवाज उठाउने गरेका थिए । जेनजी आन्दोलनको मर्म पनि भ्रष्टाचारमाथि कारबाही गर्नु हो । त्यसैले वर्तमान अन्तरिम सरकारले साँच्चिकै स्वतन्त्र ढंगले अघि बढाउँछ कि लोकरिझ्याइँका लागि आँखा छल्ने काम मात्रै गर्छ, प्रतिक्षाको विषय बनेको छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०८२  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update